2026-09-13 06:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लामा विस्फोटक पदार्थ भित्रियो

रेशमराज रोकाया | असार २१, हुम्ला | राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको ९५ किलोमिटर मध्ये चिनको सिमा नाम्खा गाउँपालिकाको सडक खण्ड जोड्नको लागि विस्फोटक पदार्थ भित्रिएको छ । हिल्साबाट ओखरथला सम्म ७१ र सिमिकोटदेखी हेप्का खोलासम्म १५ किलोमिटर सडकको ट्रयाक खुलिसकेको भएता पनि सदरमुकाम सिमकोट छुनको लागि च्याछहराको चट्टान र कर्णाली करिडोरको अन्य भागका चट्टान विस्फोटको लागि ३ सय किलो आज जिल्ला भित्रिएको हो । नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत विमानस्थलबाट ढुवानी गरिएको विस्फोट पदार्थ ल्याइएको हो । विस्फोटक पदार्थ नहुँदा २ वर्ष अघि देखी यो सडक खण्ड निर्माणको काम अगाडी बढ्न नसकेको हो । 

नेपाली सेनाको प्रत्यक्ष संलग्नतामा कर्णाली करिडोरको चट्टान अवरोध हटाउनको लागि विस्फोटक पदार्थ प्रयोग गरिने भएको छ । गएको वैशाख १ गते प्रधानमन्त्री केपि शर्मा ओलीलाई हुम्लीवासीको अनुरोध जिल्ला समन्वय समितिका अध्यक्ष दान बहादुर रावतले ज्ञापन पत्र पेश गरे पछि जिल्लामा विस्फोटक पदार्थ भित्रिएको हो । 

नाम्खा गाउँपालिकाको तुम्कोटमा बेलिब्रिज निर्माण सम्पन्न भएपछि हिल्सादेखी ओखरथला सम्म गाडि गुड्नको लागि सहज हुने देखिएको छ । हाल हिल्सादेखी तुम्कोट सम्म ३८ किलोमिटरमा गाडि गुड्न नियमित सुरु भएको छ । अब ९ किलोमिटर मात्र निर्माण हुन बाँकी रहेको छ । हिउँ परेर बाटो अवरोध नहुँदा सम्म यस सडक खण्डमा आधा दर्जन गाडी गुड्ने गरेका छन् । यता लिमीको बाटो हुँदै अर्को बाटो हेप्काखोला सम्म पुगिसकेको छ । सिमिकोट देखी हेप्काखोला सम्मको १५ किलोमिटर हाल जिप जाने आउने गरेका छन् । हेप्काखोलामा पुल निर्माण भएमा चिन र सदरमुकाम सिमिकोट सम्म गाडि पुग्न सक्ने अवस्था रहेको छ । सिमिकोटबाट दक्षिणमा खार्पुनाथ मन्दिर सम्म ११ किलोमिटरमा दैनिक ४ वटा जिप र ट्रयाक्टरको आवात जावत हुने गरेकोले यात्रुले सहज बाटो पार गरिरहेका छन् । त्यसै गरी खार्पुनाथ गाउँपालिकाबाट सर्केगाड गाउँपालिका जोड्नको लागि त्यस क्षेत्रमा सडक निर्माण कार्य पनि भईरहेको छ । सर्केगाड गाउँपालिकाबाट पूर्व दक्षिणको दिशामा कर्णाली करिडोरको कार्य पनि धमाधम भईरहेको छ ।

कर्णाली करिडोर अन्तर्गत हिल्सादेखी खुलालुसम्म २ सय ९० किलोमिटरको दुरी रहेको छ । नेपाली सेनाले भने खुलालुदेखी सल्लिसल्ला सम्मको १ सय ५४ दशमलव १० किलोमिटर सडक नेपाली सेनाले निर्माण गर्ने जिम्मा पाएको छ । बाटो निर्माणको लागि सर्केगाड गाउँपालिकाबाट पूर्वमा सडक निर्माणको लागि नेपाली सेनाको हेलिकोप्टरबाट स्काभेटर पुर्याई ट्रयाक ओपनिङ्ग सुरु भईसकेको सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायाले जानकारी दिनु भयो । चिन र नेपालको सिमा हिल्सा सिमिकोट आर्थिक वर्ष २०५५÷०५६ बाट सुरु भएको भएता पनि आर्थिक वर्ष २०६५÷०६६ बाट स्थानियको चर्को दबाब पछि निर्माण कार्य सुरु भएको थियो ।

हुम्लाबाट अन्य देशका जिल्लामा जोडिनको लागि हाल सिमिकोटमा रहेको हवाई यातायात बाहेक कुनै उपाय रहेको  छैन । काम विशेषले र विरामी भएमा उपचारको लागि जिल्ला बाहिर जानु पर्ने भएमा ३ देखी ५ दिन सम्म विरामीलाई बोकेर ल्याउनु पर्ने अनि मात्र जिल्ला बाहिर उपचारको लागि लैजानु पर्ने अवस्था रहको छ । त्यसै गरी जिल्लामा उत्पादन हुने कृषि उपज र अन्य सरसामानको निर्यात गर्नु पर्दा सडक नहुँदा यहाँका स्थानियले लाभ लिन सकिरहेका छैनन् । देशका उच्च तहका नेता, मन्त्री, प्रधानमन्त्रीको बेला बेला हुम्लालाई राष्«िटय सडक सञ्जालमा जोड्ने प्रयास गरिने बचन दिएको भएता पनि हाल आएर मात्र सडक निर्माणले दु्रत गति लिन थाले पछि हुम्ली अब गाडी आउनेमा केही विश्वस्त भएका छन् । ‘अब त सबैतिर सडक खन्न सुरु भएको छ, यो जुनीमा नै गाडी सबैतिर गुडेको देख्न पाईन्छ होला, अनि दुःख केही घट्छ होला’ स्थानिय सर्केगाड गाउँपालिका वडा नं. ८ का रंगमल रोकायाको भनाई रहेको छ । हाल जिल्लाका केही भागमा गाडी सञ्चालन हुँदा केही सहज महशुस भएको रोकायाको अनुभव छ ।

हिल्सामा आन्तरिक र बाह्य पर्यटकको सहजीकरणको लागि नेपाली सेनाको नयाँ भैरवी दल गुल्मले आज नै हेलिकोप्टर प्याडको निर्माण गरी उद्घाटन गरेको छ । नेपाली सेनाको जनहितकारी कोषको सहयोगमा हेलिकोप्टर प्याड आजै उद्घाटन भएको छ । प्याडको निर्माण पछि एम.आई. १७ हेलिकोप्टर समेत अवतरण गर्नको लागि सहज होस् भन्नको लागि यो प्याडको निर्माण भएकोमध्यपश्चिम पृतनापती कर्मेन्द्र विक्रम लिम्बुले बताउनु भयो । विरामी, पर्यटक र अन्य यात्रुको लागि सहज हेलिकोप्टरको प्याड निर्माण पछि सहज भएको छ । नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामाले हाल पर्यटक र स्थानियवासीको लागि यो प्याड एक उपयोगी सावित भएको बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले