२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरका एक हजारभन्दा बढीले व्यावसायिक तालीम लिए

२१ असार २०७५, बिहीबार ०९:०१

असार २१, कञ्चनपुर | व्यावसायिक तथा सीप विकास तालीम केन्द्र महेन्द्रनगरले चालु आर्थिक वर्ष २०७४÷७५ मा एक हजार ३०० जनाले व्यावसायिक तालीम लिएका छन् । 

तालिम लिनेमा पुरुष ४५३ र महिला ९०९ रहेका छन् । 

चालू आवको जेठसम्म दलित १६९ महिला र ६७ पुरुष गरी जम्मा २३६, जनजाति ३२३, अपाङ्ग एक तथा अन्य ८०२ जनाले तालीम लिएको कार्यालयका प्रमुख तर्कराज बिष्टले बताउनुभयो । सञ्चालन गरिएका तालीममा सबैभन्दा बढी सिलाइकटाइ, ब्युटिपार्लर र कम्प्युटर सम्बन्धि रहेको छ । 

केन्द्रबाट तालीम सिकेका विभिन्न क्षेत्रका एक÷एक जनालाई स्वरोजगारका लागि रु २२ हजार सम्मको अनुदान सहयोग गरिएको विष्टले बताउनुभयो । कार्यालयले कटाइ सिलाइ, केश शृंगार, विद्युत् जडान, मेकानिकल वेल्डिङ, मोटरसाइकल मर्मत, प्लम्बिङ, इलेक्ट्रोनिक्स, कम्प्युटर, पम्पसेट मर्मत तथा वैदेशिक एवं युवा स्वरोजगार विशेष सीप विकास तालीम निःशुल्क रुपमा सञ्चालन गर्दै आएको छ । 

यसैबीच, कर्मचारी र कार्यालय प्रदेश वा संघ कहाँ रहने भन्ने अन्यौलताका कारण तालीम प्रभावित भएका छन् । व्यावसायिक तथा सीप विकास तालीम केन्द्र महेन्द्रनगर अहिले विभागस्तरीय रहेको र अब केन्द्र, प्रदेश वा स्थानीय तह कसको मातहतमा कसरी रहने भन्ने अन्यौलमा परेको विष्ट बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य