Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

शान्तडा वडाद्धारा म.स्वा.स.सेविकालाई प्रति ब्यक्ति १५ हजार प्रोत्साहन भत्ता

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कमल रावल/असार २१, अछाम | रामारोशन गाउपालिका वडा नम्बर ३ शान्तडाले आफ्नो वडाका महिला स्वास्थ्य स्वंयम सेविकालाई प्रति ब्यक्ति १५ हजारका दरले प्रोत्साहन भत्ता वितरण गरेको छ ।

वडामा निस्वार्थ रुपमा स्वयंमसेवी भावनाले काम गर्दै आएका ९ जना महीला स्वास्थ्य स्वयंम सेविकालाई १५ हजारका दरले १ लाख ३५ हजार एक कार्यक्रमका बिच वितरण गरिएको हो । प्रोत्साहन भत्ता वितरण गर्दै वडा नम्बर ३ शान्तडाका अध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समिती अध्यक्ष तारा बहादुर साउदले स्वयंम सेबिकाका समस्या आफुले नजिकबाट पहीचान गरेकाले सम्मान स्वरुप प्रोत्साहन भत्ता वितरण गरेको बताउनुभयो ।

आफुले गरेका बाचा अनुसार प्रत्येक स्वयंम सेविकालाई ३९ हजारका दरले दिने भने पनी गाउपालिकामा बनेको निती नियमले छेक्ने भएकाले १५ हजार मात्र दिन सकीएको बताउनु भयो । आगामी दिनमा गाउपालिका देखि वडा तहबाट गर्न सकीने पहल आफ्नो तर्फबाट गर्ने बताउनुभयो ।

आगामी आर्थिक बर्षमा सबै स्वयंमसेविका, आमा समुह, बालक्लब परिचालन गरि वडाको छाउपडी कुप्रथा, वाल बिबाह, मदिरा नियन्त्रण अभियानलाई अगाडी बढउने बताउनु भयो । गत बर्षको करिब ५० लाख बजेट स्वास्थ्य र शिक्षाको क्षेत्रमा आफुले खर्च गरेको बताउनुभयो ।

प्रोत्साहन भत्ता ग्रहण गर्दै महिला स्वास्थ्य स्वयंम सेबिका नामसरा खत्रिले यसअघी तत्कालीन वडा हुदा बार्षिक ५ हजार पाउने गरेको र यसपाली वडाले १५ हजार दिएकोमा निकै खुशि तुल्याएको बताउनु भयो । आफुलाई अझै जिम्मेबार थपिएकाले हरेक सामाजिक अभियान एक भएर अघि बढ्ने उहाँले बताउनु भयो । सोही अबसरमा शान्तडा स्वास्थ्य चौकीमा कार्यरत अनमि कमला शाहलाई प्रसृती गृहमा रात दिन नभनेर अहोरात्र खटेर काम गरेकाले सम्मान समेत गरिएको छ ।

शाहलाई नगद २२ हजार सहीत दोसल्ला ओढाएर सम्मान गरिएको हो । स्वास्थ्य चौकी शान्तडाले आयोजना गरेको सो कार्यक्रममा वडा अध्यक्ष तथा स्वास्थ्य ब्यबस्थापन समिती अध्यक्ष तारा बहादुर साउद, रामारोशन गाउ कार्यपालिका सदस्य सिता भण्डारी, वडा सदस्य सुर्य प्रसाद न्यौपाने, सरिता माविका प्रधानाध्यापक राम बहादुर रावल, वडा सचिब कृपाराम तिमिल्सीना, स्वास्थ्य चौकी शान्तडाका ईञ्चार्ज अरबिन्द रावल, रेडियो रामारोशनका समाचार प्रमुख कमल रावल, बजार ब्याबस्थापक टँक प्रसाद रिमाल, महिला स्वास्थ्य स्वयमसेबिका, आमा समुहका पदाधिकारीको सहभागिता रहेको थियो । कार्यक्रममा स्वास्थ्य चौकी शान्तडाका ईञ्चार्ज अरबिन्द रावलले सस्थाको यो आर्थिक बर्षको प्रगती र आगामि बर्ष गर्ने योजनाका बारेमा सबैलाई जानकारी गराउनु भएको थियो । अनमी सरिता खत्रिको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन मिन बहादुर बिष्टले गर्नु भएको हो ।