२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको भिषा आएर पनि जान नपाएकाहरुको बिषयमा १/२ दिनमा निर्णय आउँदै

२१ असार २०७५, बिहीबार १२:१३

मनोज पराजुली | असार २१, काठमाडौं । मलेसिया जानको लागि मेडिकल गरि भिषा आएर अन्तिम श्रम स्वीकृति लिन नपाएका कामदारको बारे केहि दिनमा निर्णय हुन सक्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मलेसिया जानको लागि मेडिकल गरि भिषा लागिसकेका कामदारको हकमा एक दुई दिनमा थप निर्णय आउन सक्ने मन्त्रालयका सचिव महेश प्रसाद दाहालले जानकारी दिए ।

हाल १३ सय ६६ जना कामदार मेडिकल गरि भिषा लगाएर अन्तिम श्रम स्वीकृतिको प्रतिक्षामा रहेका छन् ।

मेडिकल पश्चात  भिषा लागिसकेका कामदारको हकमा केहि निर्णय आउन सक्ने भएपनि अन्यको हकमा अझै केहि समय लाग्ने उनले बताए । सरकारले भिएलएन, जिएसजी, ओएसजी, माइग्राम जस्ता संस्था खारेज गरि श्रम स्वीकृति रोकेको बारे मलेसिया सरकारलाई पठाएको पत्रको हालसम्म औपचारिक रुपमा कुनै प्रतिक्रिया प्राप्त नभएको सचिव दाहालले बताए ।

संघले थाल्यो पहल 

यसै विच नेपाल बैदेशिक रोजगार व्यवसायी संघले मलेसिया रोजगारी समस्या समाधानको लागि पहल शुरु गरेको छ । 

संघको प्रतिनिधिको रुपमा प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मंचका महासचिव डिकबहादुर खत्रीलाई मलेसियामा पठाएर पहल शुरु गरेको हो ।

हाल केहि म्यानपावर व्यवसायीले नै मलेसिया समस्या समाधानको लागि संघले पहल नगरेको आरोप लगाउंदै आएका छन् ।

नेपाली कामदार आउन छाडेको भन्ने गुनासो मलेसियाका रोजगारदाता कम्पनीबाट म्यानपावर कम्पनीमा आउन थालेपछि बास्तविक अवस्थाबारे जानकारी गराउन संघले आफ्नो प्रतिनिधि मलेसिया पठाएको नेपाल बैदेशिक रोजगार व्यवसायीका अध्यक्ष रोहन गुरुङले जानकारी दिए ।  

भिषा प्रशोधन र स्टाम्पिङ्गको काम भिएलएन, जिएसजी, ओएसजी, माइग्राम बेगर नै सुरु गर्न मलेसिया सेक्युरिटी संघ र एफ. एम .एम लाई संघका प्रतिनिधि मार्फत अनुरोध गरिएको संघका अध्यक्ष गुरुङले बताए ।

मलेसिया सरकारले कामदार आपूर्तिका लागि नयाँ प्रणाली लागू नगरेसम्म मलेसियामा कामदार पठाउने पक्षमा बैदेशिक रोजगार व्यवसायी संघ नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी