प्रभात सुवेदी । असार २२, बर्दिया ।

लोकतन्त्रको प्राण पत्रकारिता भएकाले पत्रकारिता मर्यो भने लोकतन्त्र नै निष्प्राण हुने कुरा आज जिल्ला सदरमुकाम गुलरियामा आयोजित पत्रकार नागरिक अन्तरसंवाद कार्यक्रमका सहभागी पत्रकार तथा ना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असार २२, बर्दिया ।

लोकतन्त्रको प्राण पत्रकारिता भएकाले पत्रकारिता मर्यो भने लोकतन्त्र नै निष्प्राण हुने कुरा आज जिल्ला सदरमुकाम गुलरियामा आयोजित पत्रकार नागरिक अन्तरसंवाद कार्यक्रमका सहभागी पत्रकार तथा ना"/>

2026-09-14 07:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

पत्रकारिता लोकतन्त्रको प्राण !

प्रभात सुवेदी । असार २२, बर्दिया ।

लोकतन्त्रको प्राण पत्रकारिता भएकाले पत्रकारिता मर्यो भने लोकतन्त्र नै निष्प्राण हुने कुरा आज जिल्ला सदरमुकाम गुलरियामा आयोजित पत्रकार नागरिक अन्तरसंवाद कार्यक्रमका सहभागी पत्रकार तथा नागरिकहरुको निष्कर्ष रहेको छ ।


नेपाल पत्रकार महासंघको सहकार्य तथा जिल्ला कार्यसमिति बर्दियाको आयोजनामा आयोजित नागरिक संवाद तथा सार्वजनिक सुनुवाईमा बोल्नुहुँदै नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्राले पत्रकारिता क्षेत्रलाई जीवित राख्नका लागि कुनै पनि समाचार सम्प्रेषणपूर्व प्रमाणिकरण गरेर मात्रै सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । साथै पत्रकारहरुमा कुनै न कुनै राजनैतिक आस्था रहेतापनि लेखन तथा समाचार सम्प्रेषणमा त्यसको कुनै पनि गन्ध आउन नहुने कुरा वहाँले बताउनुभयो । 

यसैगरी केन्द्रीय सदस्य मीन बमले यो कार्यक्रम मार्फत पत्रकार तथा आम नागरिकहरुबीचको सम्बन्धलाई समाजको रुपान्तरणका लागि अर्थपूर्ण रहेको बताउनुहुँदै सधैं अरुका मात्रै कथाव्यथा लेखिरहने पत्रकारहरुले आफ्ना कुराहरु पनि सञ्चारमाध्यममार्फत प्रवाह गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

पत्रकारिता क्षेत्रलाई पनि शुद्धिकरणको जरुरी भएको बताउनुहुँदै विज्ञापनका लागि मेयर, उपमेयर लगायत स्थानीय निकायका जनप्रतिनिधीहरुसँग दलाली गर्ने प्रवृत्ति रहेको तर स्थानीय निकायहरुमा परिचाल भैरहको करोडौं रकमको सदुपयोग र दुरुपयोगका बारेमा नलेखिने बताउनुहुँदै नेपाली काँग्रेसका जिल्ला नेता विद्या प्रसाद खनालले पत्रकारहरुले माफिया र तस्कर तथा कालो धनलाई सेतो बनाउन लागिरहेकाहरुका षड्यन्त्रका विरुद्धमा लेख्नुपर्ने सुझाव दिनुभयो । 


राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय सदस्य केशव यादवले पत्रकारहरुले ज्यानको जोखिम मोलेर पत्रकारिता गरिरहेका हुनाले उनीहरुको जीवनको बीमा राज्यले गरिदिनुपर्ने कुरा औँल्याउनुहुँदै अलपत्र असारे विकास निर्माण तथा अवैज्ञानिक र अस्त व्यस्त भौतिक संरचना निर्माण गरेर बजेट सक्ने क्रियाकलापका बारेमा पत्रकारिताको माध्यमबाट भण्डाफोर गर्नुपर्ने बताउनुभयो । 

नेपाल बार एसोसिएसनका केन्द्रिय पार्सद वीर बहादुर रोकायले पत्रकारितामा पनि मापदण्डको आवश्यकता रहेको औल्याउनुहुँदै पत्रकारहरुले पनि अध्ययन र आफूलाई अपडेट गर्नुपर्ने आवश्यकता रहेको बताउनुहँदै पत्रकारिता पेशा चुनौती र अवसर दुबै भएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी विश्वामित्र कुईकेल, गैर सरकारी महासंघ जिल्ला अध्यक्ष विष्णु तिमिल्सिना, प्रेस चौतारीका डिल प्रकाश गौतम, प्रेस यूनियनका यमनाथ घिमिरे लगायतले आ–आफ्ना धारणाहरु राख्नुभएको थियो । 

नेपाल पत्रकार महासंघमा आवद्ध जिल्लास्थित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको यो कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका उपाध्यक्ष मेनका चौधरीले स्वागत गर्नुभएको थियो भने उपाध्यक्ष यादव आचार्यले कार्यक्रमको सहजीकरण गर्नुभएको हो । 

कार्यक्रम महासंघका जिल्ला अध्यक्ष राजेन्द्रप्रसाद धितालको सभाध्यक्षतामा सम्पन्न गरिएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले