२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अञ्चल अस्पतालको सुधारको लागि कञ्चनपुरका सभासदद्वारा पहल

२३ असार २०७५, शनिबार १६:४३

भास्कर के.सी | असार २३, कञ्चनपुर | महाकाली अञ्चल अस्पतालको स्थितीमा सुधार ल्याउन कञ्चनपुरका सभासदहरुले पहल गरेका  छन् । 

  दक्ष र विशेषज्ञ डाक्टरहरुको कमि हुनाले यहाँको अस्पतालको हालत दिन प्रतिदिन खस्कदै गईरहेको छ । अञ्चल अस्पताल, अस्पताल नभएर रिफर सेन्टर हुदै गएकोले यसलाई सुधार गर्न यहाँ दक्ष डाक्टर आउने वातावरण बनाउनु पर्ने नेपाली काग्रेसका नेता तथा पुर्व महाकाली अञ्चल अस्पताल अध्यक्ष भोजराज    बोहराले बताउनु भयो । 

२७ जना डाक्टरको दरवन्दि रहेको अस्पतालमा जम्मा ७ जना डक्टरले सेवा दिदै आईरहेका छन् ।


अञ्चल अस्पतालको सुधार गर्न र विरामीलाई सम्पुर्ण सेवा महाकाली अञ्चल अस्पतालमैं उपलब्ध गराउन निजी क्षेत्रको अस्पताल नेपाल मेडिसिटी संग सहकार्य गरी दक्ष डाक्टर ल्याउन लागेको हो । महाकाली अञ्चल अस्पतालको निरीक्षण र त्यहाको सुविधा, अवस्थाबारे बुझन आएका नेपाल मेडिसिटी अस्पतालका  डा. अमित ओडाविल, डा अपूर्व शर्मा, र डा.विजय रिमाल, आफुहरुलाई यहाँ सेवा गर्ने मौका दिए  २४ सै घण्टा सेवा दिने रिमालले बताए ।

आफुहरुले चुनावताका गरेको वचन निभाउन आफु कटिबद्ध रहेको र यहाँका सबैले साथ दिए अब केहि दिनैमै महाकाली अञ्चल अस्पताललाई रिफर सेन्टर नभई सम्पुर्ण सुविधा युक्त अस्पताल बनाउने सभासद डा. दिपक भट्टले बताए  । यसका लागि आफुहरुले केन्द्रमा र सदनमा कुरा  राखेको बताए । 

शनिबार जिल्ला समन्वय समितिमा समितिका प्रमुख फैरु तमाङ्गको अध्यक्षतामा यहाँका प्रतिनिधि सभा सभासद डा. दिपक भट्ट, सभासद निरुपाल, प्रदेश सभाका प्रकाश रावल, मानबहादुर सुनार र क्षेत्र नं. २ का लाल बहादुर खड्का   अञ्चल अस्पतालका अध्यक्ष, नागरिक समाज, जिल्ला प्रमुख, होटल व्यवसायी, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी प्रमुख, विभिन्न पार्टीका नेता लगायत सरोकार वाला संग बसेको बैठकमा अञ्चल अस्पालतको सुधारको लागि छलफल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो