२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीको दुर्गम बस्ती जोड्ने १० नयाँ झोलुङ्गे पुल निर्माण

२०७५, २४ असार आईतवार ०३:४८

असार २४, बेनी, म्याग्दी | म्याग्दी जिल्लाको अति दुर्गम क्षेत्रमा धमाधम झोलुङ्गे पुल निर्माण भएको छ । 

नजिकैको बस्तीमा पुग्नसमेत अक्करे भिर, साँघुरो बाटो र खोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा रहेका स्थानीय बासिन्दाले झोलुङ्गे पुल बनेसँगै सहज आवतजावत गर्न पाएका छन् । स्थानीय निकाय, झोलुङ्गे पुल सहयोग एकाइ (टिबीएसयु)को आर्थिक सहयोग तथा गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक सहयोगमा चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानमा सम्पन्न भएका १० वटा पुलले घण्टौँ लाग्ने बाटो आधा घण्टामै छोट्याइदिएका छन् । 

जिल्लाको अति विकट धौलागिरि गाउँपालिका–४, जेल्तुङस्थित म्याग्दी खोलामाथि निर्माण भएको झोलुङ्गे पुलले अक्केर भिर र खोलाबाट वारपार गर्ने सिम्कोश र बगर गाउँका बासिन्दाले तुइन र हिँउदको समयमा साँघु तर्नुपर्ने समस्याबाट मुक्ति पाएको गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले बताउनुभयो । 

“गाउँपालिकाको लगानीमा जिल्लामै पहिलो झोलुङ्गे पुल बनेको छ । पुल बनेपछि स्थानीय बासिन्दाले खुसियाली मनाएका छन्”, पुनले भन्नुभयो । विसं २०७४ साउनमा म्याग्दी नदीमा आएको बाढीले काठको झोलुङ्गे पुल बगाएपछि सिस्कोशमा खाद्य साम्रगीको समेत अभाव हुने गरेको थियो । मुदीको जेल्तुङ, सिम्कोश र बगर गाउँ जिल्लाकै विकट बस्तीका रुपमा चिनिन्छन् । सो पुल रु ४४ लाख ७६ हजार १८८ को लागतमा निर्माण भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । 

पुलको उद्घाटनका लागि पुगेकी गाउँपालिका अध्यक्ष पुनलाई स्थानीय बासिन्दाले भव्य स्वागत गरेका थिए । जिल्लाको मालिका गाउँपालिका वडा नं २ र ३ जोड्ने टाक्सेखोला भोलुङ्गे पुलमा स्थानीय बासिन्दालेसमेत कठोर जनश्रमदान गरेका थिए । करीब ६४ मिटर लम्बाइ रहेको पुलले दुईवटा वडाका बासिन्दालाई राहत भएको छ । पुलको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गर्नुहुँदै दुर्गम बस्तीमा रहेका पुराना र जीर्ण पुललाई विस्थापित गरिने बताउनुभयो । 

पुलको निर्माण सम्पन्न भएपछि दुवै वडाका करीब ४०० घरधुरी लाभान्वित भएका छन् । करीब रु ३२ लाख ९६ हजारमा सम्पन्न भएको पुलमा स्थानीयवासीले जनश्रमदान गरेका थिए । 

त्यसैगरी झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत गाउँपालिकाको रुमको टाक्से, ओखरबोटको नुन्थला, देविस्थानको दोबिल्ला र दाङखोला झोलुङ्गे पुल निर्माण सम्पन्न भएको उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो । 

उहाँका अनुसार गाउँपालिकाभित्र सम्पन्न भएको रुमको टाक्से रु ३२ लाख ९६ हजार , ओखरबोटको नुन्थला रु २५ लाख ८३ हजार , देविस्थानको दोबिल्ला रु ३२ लाख ३३ हजार र दाङखोला झोलुङ्गे पुल रु ३१ लख ३३ हजार लागतमा सम्पन्न भएको हो । 

कूल रु एक करोड २२ लाख ७८ हजार लागतमा सम्पन्न भएका पुलको धमाधम उद्घाटन भइरहेको मिलन म्याग्दीकी कार्यकारी अधिकृत दिवा पुनले बताउनुभयो । मालिका र धौलागिरिमा स्थानीय तहले पुलमा बजेट विनियोजन गरेपछि सहज भएको उहाँको भनाइ छ । 

पुनका अनुसार मिलन म्याग्दीले चालु आवमा जिल्लाको धौलागिरि गाउँपालिको मुदीको जेल्टुङ, मुदी र मराङ जोड्ने छरीखोलामा ट्रस पुल, लुलाङको धानमाने खोला, मंगला गापा–५ अर्मनको आरुखोला, अन्नपूर्ण गापाको हिस्तान र राम्चेमा ट्रस पुल, रघुगंगा गापा–६ घयासीखर्कमा गरी चालु आवामा कूल रु दुई करोड ४० लाखको लागतमा सम्पन्न भएको पुलले पुराना, जीर्ण र तुइन विस्थापित भएका छन् । निर्माण सम्पन्न गरिएपछि झोलुङ्गे पुलको भार परीक्षण गर्दा शतप्रतिशत सफल हुने गरेको मिलन म्याग्दीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध