Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

एक सचिवको भरमा पूरै गाउँपालिका

२०७५, २४ असार आईतवार ०३:५३

असार २४, जाजरकोट | एउटा वडा सचिवले कति वटासम्म वडाको जिम्मेवारी सम्हाल्नसक्ला एक, दुई, तीन अथवा चार वटा वडासम्म तर, जाजरकोटको कुशे गाउँपालिकाका एक जना वडा सचिवले नौ वटा वडाको जिम्मेवारी एक वर्षदेखि सम्हाल्दै आउनुभएको छ । 

स्थानीय तहको चुनाव भएको एक वर्ष बितिसकेको छ । तत्कालीन गाविस सचिव सत्यदेव खनालले एक वर्षदेखि पूरै गाउँपालिकाका नौवटै वडाको कामकाज गर्दै आउनुभएको छ । लामो समयसम्म कर्मचारी व्यवस्थापन नहुँदा यस्तो समस्या आएको हो । तर नौ वटा वडाको जिम्मेवारी एक्लैले कसरी सम्भव छ र ! उहाँले सदरमुकामस्थित गाउँपालिकाको सम्पर्क कार्यालयमा बसेर नौवटै वडाको जिम्मेवारी सम्हालिरहनुभएको छ । 

स्थानीय सरकार सञ्चालन कार्यविधि २०७४ मा वडा सचिवलाई पञ्जिकाधिकारी तोकेको छ । वडा सचिवको हस्ताक्षरविना जन्मदर्ता, मृत्युदर्ता र बसाइँसराइको काजगात बन्न सक्दैन । तर वडा सचिव खनाल सदरमुकाममै भए पनि गाउँपालिकाको पञ्चिकरणको काम भने रोकिएको छैन । वडा सचिव खनालले नागरिकतालगायतका सिफारिशमा सदरमुकामबाट अग्रिम (ब्ल्यांक) हस्ताक्षर गरेर गाउँ पठाइदिन्छन् । त्यसमा वडाध्यक्षले प्रमाणित गरेर पठाउने गरिएको छ । जन्मदर्ता, विवाह दर्ता, मृत्यु, बसाइँसराइ, नाता प्रमाणित, लक्षित वर्गको सिफारिश पनि त्यसरी नै खाली लेटरप्याडमा हस्ताक्षर गरेर पठाउने र त्यहाँ रहेका तत्कालीन प्रशासन सहायक, सामाजिक परिचालक र लेखा सहायकले विवरण भरेर दिने गरिएको गाउँपालिका प्रमुख हरिचन्द्र बस्नेतले बताउनुभयो । 

उहाँले बारम्बार माग गर्दा पनि सरकारले वडा सचिव नपठाउँदा समस्या भएको बताउनुभयो । “के गर्ने काम चलाउनै पर्यो । सचिव एक जनामात्र छन् । गाउँमा बसे पनि कुन वडामा गएर काम गर भन्ने । भौगोलिक विकटताले एक वडाबाट अर्को वडा पुग्न एक दिन पैदल हिँड्नुको विकल्प छैन । साह्रै समस्या भएपछि यस्तो उपाय निकालेका हौँ”, उहाँले भन्नुभयो । सेवाग्राहीलाई दुःख दिनुभन्दा केही समय यसरी चलाऔँ भनेर जनताको काममा बाधा नपुग्ने गरी सदरमुकामबाटै काम गरिरहेको उहाँले बताउनुभयो । 

वडा सचिवमात्र होइन कार्यकारी प्रमुख र गाउँपालिका प्रमुख तथा उपप्रमुख पनि सदरमुकाममै बस्ने गरेका छन् । सदरमुकामबाट एक दिनको पैदल दूरीमा रहेको यो गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबारसमेत सदरमुकाममै हुने हुँदा सेवाग्राही सामान्य कामका लागि पनि सदरमुकाम धाउन बाध्य छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ