२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा अवैध घरेलु मदिरा नियन्त्रण अभियान तीब्र

२४ असार २०७५, आईतवार ०३:५४

असार २४, अछाम | जिल्ला प्रहरी कार्यालय अछामले अवैध घरेलु मदिराविरुद्धको अभियानलाई तीव्रता दिएको छ । 

प्रहरीले सदरमुकाम मंगलसैनका विभिन्न वडाबाट अवैध मदिरा नियन्त्रणमा लिइ नष्टसमेत गरेको छ । 

दुई दिनको अवधिमा मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ गरी ४०० लिटर मदिरा नष्ट गरेको छ । प्रहरीले मंगलसैन नगरपालिकाको वडा नं ४ मा रहेको सिर्जना चोक आसपास र वडा नं ५ को मंगलसैन बजारमा खानतलासी गरी यो परिणामको मदिरा नष्ट गरेको हो । 

अवैध घरेलु मदिरा उत्पादन हुन्छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा अवैध घरेलु मदिरा बनाउन राखिएको कच्चा पदार्थ (पास) र अवैध घरेलु मदिरा गरी ४०० लिटर नष्ट गरेको प्रहरी नायब उपरीक्षक रुकेश तण्डुकारले बताउनुभयो । 

अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिएका भाँडावर्तनसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । मदिराका कारण अछाममा झै–झगडा बढ्नुका साथै घरेलु हिंसा बढेको पाइएको छ । 

कतिपय स्थानीय तहले मदिरालाई बन्द गर्ने तथा व्यवस्थापन गर्ने निर्णय गरेका छन् । निर्णय गरे पनि मदिराको उचित व्यवस्थापन हुन सकेको छैन । प्रहरीले अछामका विभिन्न क्षेत्रमा टोलटोलमा प्रहरी कार्यक्रम पनि जारी राखेको छ । विगतमा मदिरा निशेधित क्षेत्रका रुपमा रहेको अछाम जिल्लामा अहिले अवैध घरेलु मदिरा खुलारुपमा बिक्री वितरण गर्ने गरिएको छ । 

घरेलु मदिराका कारण हुने विभिन्न किसिमका घरेलु हिंसा र जघन्य अपराध रोक्नका लागि जिल्ला प्रहरी कार्यालय अछामले मदिरा उत्पादन गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्दै आइरहेको प्रहरी नायब उपरीक्षक ताण्डुकारले बताउनुभयो । 

अवैध घरेलु मदिरा धेरैजसो अछाम जिल्लाको सान्तडा, विनायक, मंगलसैनलगायतका क्षेत्रमा पाइने गरेको र यसलाई नियन्त्रण गर्नका लागि जिल्ला प्रहरी कार्यालय अछामले अपरेशन जारी राखेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य