२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

हेलिकप्टरबाट रोल्पा ल्याईयो मजदूरहरुको शव

२४ असार २०७५, आईतवार ०९:१७

असार २४, रोल्पा | मुस्ताङमा शुक्रबार भएको सडक दुर्घटनामा परी निधन भएका रोल्पाका छ मजदूरको शव नेपाली सेनाको हेलिकप्टरमार्फत रोल्पा ल्याइएको छ । 

जिल्ला प्र्रहरी कार्यालयका अनुसार ती शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । दुर्घटनामा रोल्पाका मात्र नौ जनाले ज्यान गुमाएका छन् । तीमध्ये थबाङ गाउँपालिकाका सात र सुनछहरी गाउँपालिकाका दुई जना छन् । दुर्घटनामा परी निधन भएकामध्ये तीन जनाको शव पोखरामा रहेका आफन्तले बुझेको र बाँकीको शव रोल्पा ल्याइएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो । 

उहाँका अनुसार दुर्घटनामा परी निधन भएका थबाङ गाउँपालिका–५ उवा रोल्पाका राष्ट्रे रोका, महेश रोका र सिर्जना रोका तथा थबाङ– १ का सुकमान रोका, सुनछहरी– १ का रामकुमार पुन र सोन्तु घर्तीको शव रोल्पा ल्याइएको हो । यसैगरी थबाङ– ५ रोल्पाकी जीतमाया घर्ती र जीतकुमारी पुन तथा थबाङ– १ का मौसम घर्तीको शव भने आफन्तले पोखरामै बुझेका छन् । सडक निर्माणका लागि मुस्ताङ पुगेका रोल्पाका नौ मजदूरले टिपर दुर्घटनामा परी शुक्रबार ज्यान गुमाएका थिए । 

रोल्पा ल्याइएका शवको परीक्षण गरिसकिएको र आफन्तलाई बुझाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी गुञ्जबहादुर एमसीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई शव बुझ्का लागि आफन्त जिल्ला अस्पताल आइपुगेका छन् भने अन्य आफन्तलाई शव बुझ्का लागि खबर गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की