२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरको संख्या १४ सयबाट दुईतीन सयमा झारिदै, धरौटी बढ्ने निश्चित

२४ असार २०७५, आईतवार १०:४६

मनोज पराजुली । असार २४, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले म्यानपावर व्यवसायीलाई धरौटी वृद्धिमा तयार रहन आग्रह गरेका छन् । 

श्रममन्त्री विष्टले म्यानपावर व्यवसायीलाई मन्त्रालयमै बोलाएर धरौटी वृद्धि गरि म्यानपावर संख्या घटाउन लागेको जानकारी दिएको छलफलमा सहभागी एक व्यवसायीले साझा सबाललाई बताए ।

'मन्त्री विष्ट म्यानपावर धरौटी वृद्धि गरि १४ सय म्यानपावर कम्पनीलाई २/३ सयमा झार्ने पक्षमा देखिए' छलफलमा सहभागी एक व्यवसायीले भने । आज भएको छलफलमा मन्त्रीको आशय नै म्यानपावर धरौटी बढाएर संख्या कम गराउने तर्फ केन्द्रित हेको एक व्यवसायीले बताए । 

छलफलमा नेपाल बैदेशिक रोजगार व्यवसायी संघ, नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरम, प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मंच लगायत अन्य व्यवसायी संघ संस्थाका अध्यक्ष तथा पुर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो । 

यसैबीच मन्त्री विष्टले बैदेशिक रोजगार ऐनलाई २ महिना भित्रै संसोधन गरिसक्ने जानकारी व्यवसायीलाई दिएका छन् । म्यानपावर कम्पनीको धरौटी वृद्धि मार्फत नै संख्या घटाउनको लागि बैदेशिक रोजगार ऐन २०६४ संसोधन गर्नु पर्छ । मन्त्री विष्टलाई छलफलमा व्यवसायीहरुले धरौटी वृद्धि गरेर समस्या समाधान नहुने सुझाव दिएका थिए । तर त्यसको प्रति उत्तरमा मन्त्री विष्टले समस्या समाधानका लागि केहि उपाय भए ल्याउनुस भन्दै अन्तिम निर्णय सरकारले गर्ने बताए । साथै मन्त्री विष्टले मलेसियाको लागि कामदार पठाउन सिन्डिकेट लागू गर्न भूमिका खेल्ने पुर्व मन्त्री, कर्मचारी लगायत सबैलाई कानुनी दायरामा ल्याईछाड्ने प्रतिवद्धता पनि दोहोर्याएको एक व्यवसायीले जानकारी दिए ।  

'बरु मलेसिया नै बन्द गर्छौं'- मन्त्री विष्ट 

मलेसिया जानको लागि मेडिकल गरि भिषा आएर अन्तिम श्रम स्वीकृति लिन नपाएका कामदारको बारे केहि दिनमा निर्णय हुन सक्ने श्रम मन्त्री विष्टले साझा सबाललाई जानकारी दिए । 

सरकारले भिएलएन, जिएसजी, ओएसजी, माइग्राम जस्ता संस्था खारेज गरि सकेकोले पुन: तिनै संस्थाबाट मलेसिया कामदार नपठाउने बरु रोजगारीको लागि मलेसिया नै बन्द गर्ने मन्त्री विष्टले बताए । मन्त्री विष्टले बढी शुल्क लिएर कामदारलाई मलेसिया पठाउन छुट नदिने पनि बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य