२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरको संख्या १४ सयबाट दुईतीन सयमा झारिदै, धरौटी बढ्ने निश्चित

२०७५, २४ असार आईतवार १०:४६

मनोज पराजुली । असार २४, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले म्यानपावर व्यवसायीलाई धरौटी वृद्धिमा तयार रहन आग्रह गरेका छन् । 

श्रममन्त्री विष्टले म्यानपावर व्यवसायीलाई मन्त्रालयमै बोलाएर धरौटी वृद्धि गरि म्यानपावर संख्या घटाउन लागेको जानकारी दिएको छलफलमा सहभागी एक व्यवसायीले साझा सबाललाई बताए ।

'मन्त्री विष्ट म्यानपावर धरौटी वृद्धि गरि १४ सय म्यानपावर कम्पनीलाई २/३ सयमा झार्ने पक्षमा देखिए' छलफलमा सहभागी एक व्यवसायीले भने । आज भएको छलफलमा मन्त्रीको आशय नै म्यानपावर धरौटी बढाएर संख्या कम गराउने तर्फ केन्द्रित हेको एक व्यवसायीले बताए । 

छलफलमा नेपाल बैदेशिक रोजगार व्यवसायी संघ, नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरम, प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मंच लगायत अन्य व्यवसायी संघ संस्थाका अध्यक्ष तथा पुर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो । 

यसैबीच मन्त्री विष्टले बैदेशिक रोजगार ऐनलाई २ महिना भित्रै संसोधन गरिसक्ने जानकारी व्यवसायीलाई दिएका छन् । म्यानपावर कम्पनीको धरौटी वृद्धि मार्फत नै संख्या घटाउनको लागि बैदेशिक रोजगार ऐन २०६४ संसोधन गर्नु पर्छ । मन्त्री विष्टलाई छलफलमा व्यवसायीहरुले धरौटी वृद्धि गरेर समस्या समाधान नहुने सुझाव दिएका थिए । तर त्यसको प्रति उत्तरमा मन्त्री विष्टले समस्या समाधानका लागि केहि उपाय भए ल्याउनुस भन्दै अन्तिम निर्णय सरकारले गर्ने बताए । साथै मन्त्री विष्टले मलेसियाको लागि कामदार पठाउन सिन्डिकेट लागू गर्न भूमिका खेल्ने पुर्व मन्त्री, कर्मचारी लगायत सबैलाई कानुनी दायरामा ल्याईछाड्ने प्रतिवद्धता पनि दोहोर्याएको एक व्यवसायीले जानकारी दिए ।  

'बरु मलेसिया नै बन्द गर्छौं'- मन्त्री विष्ट 

मलेसिया जानको लागि मेडिकल गरि भिषा आएर अन्तिम श्रम स्वीकृति लिन नपाएका कामदारको बारे केहि दिनमा निर्णय हुन सक्ने श्रम मन्त्री विष्टले साझा सबाललाई जानकारी दिए । 

सरकारले भिएलएन, जिएसजी, ओएसजी, माइग्राम जस्ता संस्था खारेज गरि सकेकोले पुन: तिनै संस्थाबाट मलेसिया कामदार नपठाउने बरु रोजगारीको लागि मलेसिया नै बन्द गर्ने मन्त्री विष्टले बताए । मन्त्री विष्टले बढी शुल्क लिएर कामदारलाई मलेसिया पठाउन छुट नदिने पनि बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय