प्रभात सुवेदी । असार २४, बर्दिया । 

बर्दियाको उत्तरपूर्वी क्षेत्र बाँसगढी र पश्चिमी क्षेत्र राजापुरबाट दुई कलमजिबी र आवाज संवाहक आज बर्दियाको गुलरियामा सम्मानित भएका छन् । 

व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असार २४, बर्दिया । 

बर्दियाको उत्तरपूर्वी क्षेत्र बाँसगढी र पश्चिमी क्षेत्र राजापुरबाट दुई कलमजिबी र आवाज संवाहक आज बर्दियाको गुलरियामा सम्मानित भएका छन् । 

व"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

दुई ध्रुबका ताराहरु सम्मानित

२४ असार २०७५, आईतवार १३:३९

प्रभात सुवेदी । असार २४, बर्दिया । 

बर्दियाको उत्तरपूर्वी क्षेत्र बाँसगढी र पश्चिमी क्षेत्र राजापुरबाट दुई कलमजिबी र आवाज संवाहक आज बर्दियाको गुलरियामा सम्मानित भएका छन् । 

विगत दुई दशकदेखि सञ्चारमाध्यममा सक्रिय रहेर समाजमा जागरण ल्याउन उल्लेखनीय भूमिका निर्वाह गरेवापत रेडियोकर्मी एकराज चौधरी तथा विगत एक दशकदेखि सक्रिय पत्रकारिता गरेका राजापुरका पत्रकार गान्दिपलाल कायस्थ नागरिक शहिद गोविन्द पाण्डेको नाममा स्थापित पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । 


जिल्ला सदरमुकाम गुलरियामा आयोजित विशेष समारोहमा प्रदेश उपसभामुख कृष्णी थारु, प्रदेश सांसद तिलक शर्मा हिमाल, जिल्ला समन्यव समिति अध्यक्ष शंकर प्रसाद थारुले संयुक्त रुपमा वहाँहरुलाई दोसल्ला ओढाएर सम्मान पत्रका साथमा नगद पाँच हजार सहित सम्मानित गर्नुभएको हो । 

सम्मानित सञ्चारकर्मीमध्ये एकराज चौधरी हाल रेडियो गुर्वावामा आवद्ध हुनुहुन्छ भने गान्दिपलाला कायस्थ भने कोठियाघाट साप्ताहिकका प्रकाशक तथा सम्पादक हुनुहुन्छ । 

प्रेस चौतारी बर्दिया शाखाले स्थापना गरेको यो पुरस्कारको गत वर्ष र यस वर्षको दुबै संस्करणको पुरस्कारहरु यसै वर्ष प्रदान गरिएको बताउनुहुँदै अध्यक्ष डिल प्रकाश गौतमले आगामी ३ वर्षभित्र अक्षयकोष पाँच लाख पुर्याएर पुरस्कारलाई प्रदेश स्तरीय बनाउने र ५ वर्षभित्र दश लाखको अक्षयकोषको स्थापना गरी राष्ट्रियस्तरकै पुरस्कारको रुपमा स्थापित गर्ने महत्वाकांक्षी योजना रहेको बताउनुभयो । 


कार्यक्रममा गुलरिया नगरपालिका वडा नं. १ का अध्यक्ष प्रतापकुमार गौतमलाई अक्षयकोषको रकम वृद्धि गर्नका लागि उल्लेख्य भूमिका खेलेकोमा सम्मानित गरिएको थियो भने  जिल्ला कृषि विकास कार्यालयका प्रमुख पर्शुराम रावतलाई वहाँको कार्यकालमा प्रभावकारी कार्यसम्पादन भएकोमा सम्मानित गरिएको थियो । 

कार्यक्रममा उपस्थित हुनुभएकी प्रदेश उपसभामुख कृष्णी थारु, प्रदेश सांसद तिलक शर्मा हिमाल, ने.क.पा. का जिल्ला नेता हरि ज्ञवाली, गुलरिया नगरपालिकाका वडाअध्यक्षहरु तथा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धितालले आ–आफ्ना विचारहरु राख्नुभएको थियो । 

प्रेस चौतारी बर्दियाका अध्यक्ष डिल प्रकाश गौतमको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रेस सेन्टरका अध्यक्ष मेनका चौधरीले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण प्रेस चौतारी बर्दियाका सचिव यज्ञ प्रसाद सापकोटाले गर्नुभएको हो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट