२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा कार्कीको हत्या गरेको अभियोगमा दुई जना पक्राउ

२४ असार २०७५, आईतवार १६:०९

असार २४, भक्तपुर । चाँगुनारायण नगरपालिका–७ जितपुरका ३६ वर्षीय उमेश कार्कीको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

गत असार १५ गते राति कुखुराको मासु पोखिदिएको विषयमा भएको वादविवादका क्रममा धारिलो हतियार प्रयोग गरी कार्कीको हत्या गरेको अभियोगमा प्रहरीले सर्लाही हरिपुर नगरपालिका–८ जगतपुर घर भई हाल नेपाली सेनाको श्री नयाँ सबुज गण, सुर्खेतमा कार्यरत प्युठ ३५ वर्षीय रामसागर चौधरी र सर्लाही हरिपुर–७ घर भई हाल काठमाडौँ सानो भ¥याङ बस्ने २९ वर्षीय गंगाराम चौधरीलाई पक्राउ गरेको हो । 

रामसागरलाई उनकै घर सर्लाहीको जगतपुरबाट गत सोमबार र गंगारामलाई काठमाडौँ सानो भ¥याङस्थित उनकै डेराबाट पक्राउ गरिएको महानगरिय प्रहरी परिसर, भक्तपुरका सूचना अधिकृत एवम् प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा संलग्न तीनजना अझै फरार रहेका छन् । प्रहरीले उनीहरुको परिचय खुलाएको छैन । 

स्थानीय ३६ वर्षीय कार्कीको गत असार १५ गते राति चाँगुनारायण–८ जितपुरस्थित दिनेश खड्काको दोस्रो तल्लाको कोठामा शव फेला परेको थियो । अघिल्लो राति घर नआएका कार्कीको असार १६ गते बिहान खोजतलास गर्ने क्रममा खड्काको घरमा निर्मम तरिकाले हत्या गरेको अवस्थामा शव फेला परेको थियो । प्रहरीका अनुसार कार्कीको अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियार छुरा र फलामको रडले प्रहार गरिएको थियो । 

घटनास्थलबाट प्रहरीले टुप्पो भाँचिएको रगत लागेको स्टिलको बिँड भएको १० इन्च लम्बाइ भएको धारिलो चक्कु एक, एक फिट चार दशमलब पाँच इन्च लामो फलामको रड एक र रामसागर चौधरीले प्रयोग गर्ने पानासोनिक लेखेको मोबाइल एक थान बरामद गरिएको थियो । 

प्रहरीका अनुसार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ घर भई हाल चाँगुनारायण नगरपालिका–८, हनुमानचोकमा धनबहादुर गहतराजले सञ्चालन गरेको न्यू दीपक ग्रिल उद्योगमा काम गर्ने राजेन्द्र चौधरीलगायत चारजना मजदुर स्थानीयवासी दिनेश खड्काको घरमा डेरा लिई बसेका थिए । राजेन्द्रको कोठामा रामसागर र गंगाराम बेलाबेलामा आउने र सँगै ग्रिलको कामसमेत गर्ने गर्दथे । 

यही असार १५ गते पनि दिउँसो काम सकेर राति कुखुराको मासुसमेत ल्याएर मादक पदार्थ सेवन गरेर बसेको बेला राति करीब साढे आठ बजे उमेश पनि राजेन्द्रको कोठामा पुगेर मजदुरसँगै मादक पदार्थ सेवन गरेका थिए । 

त्यही क्रममा उत्पन्न सामान्य विवादमा उमेशले कुखुराको मासु पोखी दिएपछि त्यसैको रिसमा अन्धाधुन्ध रड र चक्कुले प्रहार गर्दा उमेशको मृत्यु भएको रामसागर र गंगारामले बयानका क्रममा बताएको प्रनाउ पोखरेलले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनालाई भक्तपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य