२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा कार्कीको हत्या गरेको अभियोगमा दुई जना पक्राउ

२०७५, २४ असार आईतवार १६:०९

असार २४, भक्तपुर । चाँगुनारायण नगरपालिका–७ जितपुरका ३६ वर्षीय उमेश कार्कीको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

गत असार १५ गते राति कुखुराको मासु पोखिदिएको विषयमा भएको वादविवादका क्रममा धारिलो हतियार प्रयोग गरी कार्कीको हत्या गरेको अभियोगमा प्रहरीले सर्लाही हरिपुर नगरपालिका–८ जगतपुर घर भई हाल नेपाली सेनाको श्री नयाँ सबुज गण, सुर्खेतमा कार्यरत प्युठ ३५ वर्षीय रामसागर चौधरी र सर्लाही हरिपुर–७ घर भई हाल काठमाडौँ सानो भ¥याङ बस्ने २९ वर्षीय गंगाराम चौधरीलाई पक्राउ गरेको हो । 

रामसागरलाई उनकै घर सर्लाहीको जगतपुरबाट गत सोमबार र गंगारामलाई काठमाडौँ सानो भ¥याङस्थित उनकै डेराबाट पक्राउ गरिएको महानगरिय प्रहरी परिसर, भक्तपुरका सूचना अधिकृत एवम् प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा संलग्न तीनजना अझै फरार रहेका छन् । प्रहरीले उनीहरुको परिचय खुलाएको छैन । 

स्थानीय ३६ वर्षीय कार्कीको गत असार १५ गते राति चाँगुनारायण–८ जितपुरस्थित दिनेश खड्काको दोस्रो तल्लाको कोठामा शव फेला परेको थियो । अघिल्लो राति घर नआएका कार्कीको असार १६ गते बिहान खोजतलास गर्ने क्रममा खड्काको घरमा निर्मम तरिकाले हत्या गरेको अवस्थामा शव फेला परेको थियो । प्रहरीका अनुसार कार्कीको अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियार छुरा र फलामको रडले प्रहार गरिएको थियो । 

घटनास्थलबाट प्रहरीले टुप्पो भाँचिएको रगत लागेको स्टिलको बिँड भएको १० इन्च लम्बाइ भएको धारिलो चक्कु एक, एक फिट चार दशमलब पाँच इन्च लामो फलामको रड एक र रामसागर चौधरीले प्रयोग गर्ने पानासोनिक लेखेको मोबाइल एक थान बरामद गरिएको थियो । 

प्रहरीका अनुसार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ घर भई हाल चाँगुनारायण नगरपालिका–८, हनुमानचोकमा धनबहादुर गहतराजले सञ्चालन गरेको न्यू दीपक ग्रिल उद्योगमा काम गर्ने राजेन्द्र चौधरीलगायत चारजना मजदुर स्थानीयवासी दिनेश खड्काको घरमा डेरा लिई बसेका थिए । राजेन्द्रको कोठामा रामसागर र गंगाराम बेलाबेलामा आउने र सँगै ग्रिलको कामसमेत गर्ने गर्दथे । 

यही असार १५ गते पनि दिउँसो काम सकेर राति कुखुराको मासुसमेत ल्याएर मादक पदार्थ सेवन गरेर बसेको बेला राति करीब साढे आठ बजे उमेश पनि राजेन्द्रको कोठामा पुगेर मजदुरसँगै मादक पदार्थ सेवन गरेका थिए । 

त्यही क्रममा उत्पन्न सामान्य विवादमा उमेशले कुखुराको मासु पोखी दिएपछि त्यसैको रिसमा अन्धाधुन्ध रड र चक्कुले प्रहार गर्दा उमेशको मृत्यु भएको रामसागर र गंगारामले बयानका क्रममा बताएको प्रनाउ पोखरेलले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनालाई भक्तपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी