२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दी सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक

२०७५, २५ असार सोमबार ०३:०७

म्याग्दीको सबैभन्दा दुर्गम र बिकट बस्ती गुर्जालाई यातायात सञ्जालसँग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिएको छ । 

धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जामा सहजरुपमा यातायात सेवा पुर्याउनका लागि सुरुङ मार्ग निर्माण गर्न भूगर्वविद् र प्राविधिक टोलीले गरेको सम्भाव्यता अध्ययनको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको छ । 

सुरुङ मार्गका पाँच वटा विकल्पसहितको प्रतिवेदन तयार पारिएको इञ्जिनियर कृष्ण गौतमले बताउनुभयो । सबैभन्दा लामो पाँच किलोमिटर ५०० मिटर र सबैभन्दा छोटो दुई किलोमिटर ६०० मिटर दूरीको सुरुङ बनाउन सकिने इञ्जिनियर गौतमले जानकारी दिनुभयो । 

पूर्व सांसद गोविन्द पौडेलले लुलाङ गुर्जा सुरुङ मार्गलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सम्भाव्यता प्रतिवेदनसहित डिपिआर तयार पार्न वा अन्य विकल्पको खोजी गर्न प्रदेश, संघीय सरकार र दातृ निकायसँग प्रस्ताव गरिने गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । 

भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण सडकको विकल्पमा सुरुङमार्गको परिकल्पना गरिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । सवारीसाधन आवतजावत गर्ने, नभए पैदलमार्फत आवतजावत गर्नका लागि भए पनि सुरुङ मार्ग आवश्यक रहेको गुर्जाका बासिन्दाको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै