2026-09-13 07:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

डिएसपी सरुवा गरेको भन्दै उद्योग मन्त्रि यादवको पुत्ला दहन (फोटो फिचर)

असार २५, सिरहा । पदिय शक्ति दुरुपयोग गरेको भन्दै मिर्चैयाका नागरिक समाजले उद्योग बाणिज्य तथा आपुर्तिमन्त्रि मात्रिका प्रसाद यादबको पुत्ला दहन गरेका छन् । 

ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपक खड्का इमान्दार, स्वच्छ छविका भएपनि मन्त्रि यादबको आदेश नमान्दा पदिय शक्तिको दुरुपयोग गरी सरुवा गरेको भन्दै फिर्ताको माँग गर्दै स्थानिय नागरिक समाजले आज (सोमबार) पुर्बपश्चिम लोकमार्ग स्थित मिर्चैया नगरपालिका ६ कटारी चौकमा मन्त्रि यादबको पुत्ला दहन गर्दै प्रदर्शन गरेका हुन् । 

मिर्चैया नगरपालिका ५ बाट निस्किएको बिरोध र्यालीमा “उद्योग मन्त्रि मात्रिका यादब मुर्दाबाद, स्वच्छ छबिका डिएसपी फिर्ता गर, युवा एकता जिन्दाबाद, नागरिक समाज एक होऊ” लगायतका नाराबाजी गर्दै थाना चौक हुँदै कटारी चौकमा पुगी पुर्ब पश्चिम लोकमार्ग करीब आधा घण्टा चक्काजाम गरी पुत्ला दहन गरेका छन् ।  

मन्त्रि यादवको आदेश नमान्दा निजि स्वार्थका लागि पावर युज गरी डिएसपी खडकालाई सुरुवा गरेको नागरिक समाजको आरोप रहेका छन् । कोणसभामा बोलेका वक्ताहरुले डिएसपीको सरुवा फिर्ता नगरे थप आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन