२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

आमाबाबुको मृत्युः १२ वर्षीय बालक किरियामा

२६ असार २०७५, मंगलवार ०५:५७

हरि बाँस्तोला, असार २६ । पोखरा,  झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, “बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा ।” 

मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीवाङका १२ वर्षीय विवश घर्ती मगरका बाबुआमा दुवैको मृत्यु भएको थियो । अभिभावकको मृत्युपछि पोखराको नयाँबजारस्थित भाडाको कोठामा नै आफन्तको सहयोगमा १२ वर्षीय विवश यतिखेर किरियामा छन् । 

नाबालक छवर्षीय भाइ विशेषन कपाल मुण्डन गरी सेता कपडामा बेरिएर किरियामा बसेका दाजुलाई टुलुटुलु हेरिरहन्छन्, उनको मनमा पनि कताकता नरमाइलो अनुभूति हुने गरेको छ । विशेषनका आफन्त एवं वरपर बस्ने छिमेकी जो कोहीलाई ती बालक देख्दा मनमा चसक्क बिझ्छ । 

विवश र उनका भाइलाई उनका बाबुआमा मौसम र जीतमाया पोखराको नयाँबजारस्थित भाडाको कोठामा किराना पसलबाट आवश्यक खाद्यान्न उपलब्ध गराउने व्यवस्था गरी लगभग तीन महिनाअघि रोजगारीका सिलसिलामा मुस्ताङ गएका थिए । 

उनीहरू शुक्रबार लगभग अपराह्न १ः३० बजे भएको अकल्पनीय दुर्घटनाको शिकार बन्न पुगे । बाबुआमा गुमाएका विवशले १३ दिनसम्म किरिया गर्नुपर्ने संस्कार भए पनि आफन्तले तीन दिनमा नै सक्ने गरी व्यवस्था गरेको उनकी फुपूदिदी डिलकुमारी घर्तीले बताउनुभयो । 

“बिचरा साना छन्, १३ दिनसम्म किरियामा राख्दा आफैँ बिरामी बन्छन् कि भन्ने चिन्ता, आफ्नो घर हैन भाडाको कोठा हो” उहाँले भन्नुभयो, “नाबालक भएका कारण पनि १३ दिन गर्नुपर्ने संस्कार तीन दिनमा नै सक्ने गरी व्यवस्था मिलाएका छौँ ।” 

मौसम दम्पतीको काजकिरियाको व्यवस्था शनिबार रोल्पा पोखरा सम्पर्क समाजले नै मिलाएको थियो । बिरुवा कन्स्ट्रक्सन प्रालिबाट किरिया खर्च रु ५० हजार प्राप्त भएको समाजका सल्लाहकार एवं विवशका हजुरबुबा पूर्ण बुढाले जानकारी दिनुभयो । 

वैशाखअघि सेतीनदीस्थित रामघाटमा बालुवा बोकेर जीविकोपार्जन गर्दै आएका मगर दम्पतीको सोही घाटमा नै शनिबार अन्त्येष्टि गरिएको थियो । वर्षात् शुरु भएसँगै सेती नदीमा पानी बढेका कारण रोजगारी खोसिएपछि अर्को रोजगारीको खोजीमा उनीहरू वैशाखमा बिरुवा कन्ट्रक्सन प्रालिको जोमसोम लोमान्थाङ सडक निर्माण आयोजनामा मजदूरका रुपमा मुस्ताङ पुगेका थिए । 

दुवैको मृत्युले ती शिशुको भविष्य अब के होला भन्ने कुराले आफूहरूलाई निकै चिन्तित बनाएको घरबेटी वीरबहादुर गोदारले बताउनुभयो । “१२ वर्षकै उमेरमा बाबुआमाको किरिया गर्नुपर्ने कस्तो विवशता देख्नुप¥यो,” उहाँले भन्नुभयो, “अर्को बाबु त झन् छ वर्षको छ, बिचरालाई केही थाहा छैन ।” नयाँ बजारस्थित मैत्री चिल्डे«ेन एकेडेमीमा कक्षा ७ मा पढ्ने विवश र कक्षा एकमा पढ्ने विशेषन खाना पकाएर खाई दिउँसो स्कूल जाने गरेका थिए । 

उनीहरूका आमाबुबासहित मामा, मामाकी छोरी, काकीलगायत आठ आफन्तको सो घटनामा मृत्यु भएको थियो । नाबालकका रोल्पास्थित गाउँमा ९२ वर्षीय हजुरआमा तिरमाला घर्तीबाहेक कोही छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड