२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

विदेशमा ज्यान गुमाएकाको परिवारलाई रु तीन लाख

२६ असार २०७५, मंगलवार ११:४०

असार २६, बालिङ | रोजगारीको सिलसिलामा दक्षिण अफ्रिकामा ज्यान गुमाएका युवाको परिवारलाई राहत रकम प्रदान गरिएको छ ।

तीन महिनाअघि दक्षिण अफ्रिकामा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका वालिङ–९, भुम्रेका २७ वर्षीय महेश श्रेष्ठको परिवारलाई सोमबार वालिङमा रु दुई लाख ८१ हजार ६०६ प्रदान गरिएको हो । 

दक्षिण अफ्रिकामा पुलिस विभागमा कार्यरत रामप्रसाद पन्तको पहलमा सोही देशमा कार्यरत नेपालीबाट संकलन गरिएको रकम मृतकमा पिता भीमप्रसाद प्रधानलाई हस्तान्तरण गरिएको हो । 

“२७ वर्षको अल्पायुमै विदेशी भूमिमा ज्यान गुमाएका श्रेष्ठको परिवारलाई परेको दुःखमा सान्त्वना दिनका लागि सानो सहयोग संकलन गरी हस्तान्तरण गरेका छौं” पहलकर्ता पन्तले भन्नुभयो, “यो रकमले ५ वर्षीया छोरीको शिक्षा दिक्षामा केही सहयोग हुने विश्वास लिएको छु ।” 

झण्डै तीन महिनाअघि विदेशी भूमिमा ज्यान गुमाएका श्रेष्ठको शव नेपाल ल्याई पुर्याउन तीन साता लागेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य