Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

तलब नपाएपछि जाजरकोटका स्वास्थ्यकर्मी आन्दोलनमा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार २६, जाजरकोट । </b>जाजरकोट अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीे तलब नपाएको भन्दै सडकमा उत्रिएर आन्दोलन गर्न थालेका छन् ।&nbsp;<br></p><p>आजदेखि सबै सेवा ठप्प गरी उनीहरू भोको पेटले काम गर्न सकिदैन भन्दै नारावाजी गदै सडकमा उत्रिएका हुन् । पाँच महिनादेखि तलब नपाएको भन्दै जाजरकोट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले एक सातादेखि आन्दोलन गर्दै आएका थिए । तर आजदेखि इमरजेन्सी सेवा समेत बन्द गरेपछि सेवाग्राही मर्कामा परेका हुन् ।&nbsp;</p><p>समयमा बजेट निकासा नहुँदा जाजरकोट अस्पताल र भेरी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलबभत्ता पाउन नसकेका हुन् । यसअघि हरेक महिना तलबभत्ता बुझ्दै आएका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, स्थानीय तह मातहतमा गएपछि समयमा तलब खान नपाएको बताएका छन् । भेरी नगरपालिका मातहतका स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा कार्यरत चिकित्सकदेखि कार्यालय सहयोगीले गत फागुनदेखि तलब भत्ता खान नपाएको जाजरकोट अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले बताउनुभयो ।&nbsp;</p>