२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बबई नदी नियन्त्रण गर्ने तटबन्ध निर्माणमा ढिलाइ

२०७५, २७ असार बुधबार १०:३१

असार २७, बर्दिया | बबई नदी नियन्त्रण र व्यवस्थापनमा भइरहेको ढिलाईका कारण गुलरिया नगरपालिकासहित केहि गाउँपालिका बाढीको उच्च जोखिममा परेका छन् । 

बबई नदी नियन्त्रण र व्यवस्थापनका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले जलउत्पन्न प्रकोप नियन्त्रण कार्यलयलाई जिम्मा दिएको हो । 

नदीको चार ठाउँमा तटबन्ध निर्माणका लागि रु १३ करोड बजेट विनियोजन गरिएको छ । गत वर्षदेखि नै शुरु गरिएको तटबन्ध निर्माण कार्य समयमा पूरा हुन नसक्दा गुलरिया नगरपालिकासहित केहि गाउँपालिका बाढीको उच्च जोखिममा परेका हुन् । 

बबई नदी नियन्त्रण र व्यवस्थापनको कार्य प्रगतिका वारेमा जानकारी लिन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङ र प्रतिनिधिसभा सदस्य सञ्जय गौतमसहितको टोलीले गरेको स्थलगत अनुगमनमा तटबन्ध निर्माणमा भइरहेको ढिलाइका कारण गुलरिया नगरपालिका, कृष्णसार संरक्षण क्षेत्र, पदनाहा, बनियाभार र मगरागाडी उच्च जोखिममा परेका छन् । 

पण्डितपुर, घोरपिट्टा र कुसुम्बाघाटमा तटबन्ध निर्माण भइरहेका छन् । 

वातावरण प्रभाव मूल्यांकन नभएकोजस्ता बहानाबाजी गरेर संवेदनशील ठाउँको तटबन्ध निर्माणमा ढिलाइ गरेको प्रजिअ रामबहादुर कुरुङवाङले बताउनुभयो । 

एउटालाई दोष देखाएर आफू पन्छिने प्रवृत्ति हाबी छ, उहाँले भन्नुभयो, “नदी व्यवस्थापन गर्ने काम आफैँमा चुनौतिपूर्ण हो, अन्तिममा आएर यो नभएर निर्माण भएन भन्नु ठीक होइन ।”रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय