नवलपरासीमा यात्रुवहाकबस दुर्घटना: १ को मृत्यु, २१ घाइते

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

असार–२८, बुटवल। आज  विहान नवलपरासीमा भएको वस दुर्घनामा  गुल्मीबाट त्यहाँ काम खोज्न हिडेका एक युवाको मृत्यु भएको खुलेको  छ । २१ जना घाइते मध्ये ८ जना सामन्य उपचार पछि डिस्चार्ज भएका छन भने १२ जना घाईतेहरुको उपचार हुँदैछ ।

आज विहान पौने सात वजेको समयमा नारायणघाटबाट नेपालगञ्जका लागी छुटेको ना ६ ख ९४३८ नम्वरको बस नवलपरासीको सुनवल नगरपालिका १२ भुमहीमा दुर्घटना भएको थियो  ।

त्यस दुर्घटनामा गुल्मीको  गाउँपालिकका वडा न– ७  घमिर अर्चेङका  ३७ वर्षिय गणेश लम्साल रहेका  मृत्यु भएको हो ।  मालिका ७ घमिरका वडाध्यक्ष वेदप्रसाद पन्थीले भने–‘ अँस्ती सम्म यहि देखिन्थे । त्यहाँको एक सिमेन्ट कारखानामा काम गर्न जान्छु भन्दै हिडेका थिए , उनैको दुखत निधन भएको खवरले हामी स्तव्ध छौं । ’

नवलपरासीका प्रहरी प्रमुख राजेन्द्र भट्टले उनको मृत्यु भएको र २१ जना घाईते मध्ये ८ जना सामन्य उपचार पछि डिस्चार्ज भएका र १२ जनाको उपचार भई रहेको जानकारी दिए । उनका अनुसार ९ जनाको भैरहवा मेडिकल कलेजमा र ३ जनाको वुटवल जेनस अस्पतालमा उपचार भई रहेको छ ।

घाईतेहरु खतारमुक्त रहेका छन । दुर्घटनामा बस चिप्लिएर राजमार्ग देखी २० मिटरको दुरिमा पल्टिएको थियो । दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply