२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा ठगिदै हुनुहुन्छ ? यसरी लिनुहोस् निशुल्क: कानुनी सहायता

२८ असार २०७५, बिहीबार ११:२१

असार २८,काठमाडौं । वैदेशिक रोजगारमा जाने नेपालीहरु स्वदेशमा नै ठगिने गरेका छन् । कतिपय कामदारहरु आवश्यक जानकारी नहुँदा समस्यामा पर्ने गरेका छन् ।बैदेशिक रोजगारीमा आईपर्ने यस्ता समस्या मध्ये केहि कसुर अन्तर्गत मानिन्छन् ।

विदेश पठाउन आश्वासन दिई पैसा लिएको तर विदेश नपठाएको, अनुमति नलिई वैदेशिक रोजगारको व्यवसाय गरेको, स्वदेशमा गरिएको करार सम्झौता विपरित विदेशमा काममा लगाएको, सरकारले तोकेको भन्दा वढि रकम कामदारसँग असुल गरेको, सरकारसँग स्वीकृति नलिई कसैलाई विदेश पठाएको, १८ वर्ष मुनिका नावालकलाई विदेश पठाएको पर्दछन् साथै सरकारले खुल्ला नगरेको मुलुकमा कामदार पठाएको, सरकारको अनुमति नलिइ शाखा कार्यलय खोलेको, कामदार छनौट गर्न विज्ञापन नगरेको तथा छनौट सुचि प्रकाशन नगरेको, आफुले तिरेको रकम फिर्ता गर्न तथा क्षतिपुर्ति दिन इन्कार गरेको, म्यानपावर कम्पनीले व्यक्तिगत रुपमा कामदार पठाएको विषय बैदेशिक रोजगारका असुर अन्तर्गत पर्दछन् ।

यस्ता अवस्था भएमा वैदेशिक रोजगार विभागमा आफै वा आफन्त मार्फत उजुरी गर्नु पर्दछ । समस्यामा परेका कामदारलाई कानूनी सल्लाहका अतिरिक्त उनिहरुका मुद्धा÷समस्यामा कानूनी सहयोग आवश्यक पर्न सक्दछ । अड्डा अदालतवाट उपचार प्राप्त गर्न के कस्ता प्रमाण चाहिन्छन भन्ने कुरा मुद्धा अनुसार वेग्ला वेग्लै हुन्छन । यस्तो अवस्थामा कामदार आफैं तथा आफन्त मार्फत बैदेशिक रोजगारमा उजुरी गर्न केहि प्रमाणहरु आवश्यक पर्ने गर्छ । 

उजुरी गर्दा आवश्यक पर्ने कागजात प्रमाणको रुपमा राख्नु पर्छ । 

१) नागरिकता र भिषा लागेको पासपोर्ट

२) रोजगारसंग सम्बन्धित संझौंता पत्र (श्रम संझौंता)

३) श्रम स्विकृती लिदा रकम बुझाएको भर्पाइ

४) जाँदा र आउदाको हवाई टिकट वा बोर्डिङ्ग पास

५) स्वदेसमा र विदेसमा स्वस्थ्य परिक्षण गरिएको कागज

६) रोजगारदाताले काममा लगाएको कागज

७) आफुले तलब वा पारिश्रमिक बुझेको भर्पाई

८) संभव भएसम्म आफुले काम गरेको कम्पनिको हाजीरीको अभिलेख (रेकर्ड) ।

९)  अन्य सम्बन्धित कागज पत्रहरु, …इत्यादी ।

कानूनी सल्लाह प्राप्त गर्ने तरिका 

वैदेशिक रोजगारको क्रममा स्वदेश वा विदेशमा रहेका नेपालीहरुले आफु वैदेशिक रोजगारको कारणवाट पीडीत हुन पुगेमा निशुल्क कानूनी सल्लाहको लागि पिपुल फोरमले सहयोग गर्दै आएको छ । पिपुल फोरमद्वारा संचालित  www.peopleforum.org.np  मा गई तयार गरिएको वक्समा गई त्यहाँ क्लिक गरि आफुलाई परेको कानूनी समस्या स्पष्टसंग लेखी पठाउनु पर्दछ ।

यसरी पठाईएको कानूनी समस्यालाई पिपुल फोरमका कानूनी सहायता प्रदान गरिरहेका अधिवक्ताहरुले लिखित रुपमा नै समाधानका उपायहरु वताउने छन्  । यसरी उपलव्ध गराईएको परामर्स २४ घण्टा भित्रमा पठाउनेको इमेल खोली हेर्न सकिने सुविधा छ । कुनै विषय अति आवश्यक भए उपलब्ध भएको मोवाइलमा एसएमएस समेत गरि कानूनी सल्लाह प्रदान गर्दछ ।

यो सेवा लिन पीडित व्यक्तिले आफ्नो समस्याहरु पिपुल फोरमको ईमेल मार्फत पनि लेखी पठाउन सक्ने व्यवस्था गरिएको छ । यसरी ईमेल मार्फत प्राप्त हुन आएका समस्याहरुलाई ईमेल मार्फत नै परामर्स उपलव्ध गराउनेछ । पिपुल फोरमले परामर्श उपलब्ध गराएका व्यक्तिहरुलाई आवश्यक भएमा निशुल्क कानूनी सहायता समेत उपलब्ध गराउनेछ । निशुल्क कानूनी सहायताका लागि पिपुल फोरमका काठमाण्डौ, झापा, मोरङ्ग, चितवन, वाँके र कास्कीमा रहेका कानूनी सहायता  केन्द्रहरुमा सम्पर्क राख्न सकिने छ ।


क्रस कानूनी सहायता केन्द्र          
  सम्पर्क नम्वर
१. 
झापा                                                                                                  
०२३–४५६५९८
२. 
मोरङ्ग                                                                                                
०२१–५२१४६९
३.
 चितवन                                                                                       
 ०५६–५२०८७९
४.
 वाँके                                                                                                
  ०८१–५२०४२६
५.
 कास्की                                                                                           
  ०६१–४६२५५९



                                                             










प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु