2026-09-24 06:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा ठगिदै हुनुहुन्छ ? यसरी लिनुहोस् निशुल्क: कानुनी सहायता

असार २८,काठमाडौं । वैदेशिक रोजगारमा जाने नेपालीहरु स्वदेशमा नै ठगिने गरेका छन् । कतिपय कामदारहरु आवश्यक जानकारी नहुँदा समस्यामा पर्ने गरेका छन् ।बैदेशिक रोजगारीमा आईपर्ने यस्ता समस्या मध्ये केहि कसुर अन्तर्गत मानिन्छन् ।

विदेश पठाउन आश्वासन दिई पैसा लिएको तर विदेश नपठाएको, अनुमति नलिई वैदेशिक रोजगारको व्यवसाय गरेको, स्वदेशमा गरिएको करार सम्झौता विपरित विदेशमा काममा लगाएको, सरकारले तोकेको भन्दा वढि रकम कामदारसँग असुल गरेको, सरकारसँग स्वीकृति नलिई कसैलाई विदेश पठाएको, १८ वर्ष मुनिका नावालकलाई विदेश पठाएको पर्दछन् साथै सरकारले खुल्ला नगरेको मुलुकमा कामदार पठाएको, सरकारको अनुमति नलिइ शाखा कार्यलय खोलेको, कामदार छनौट गर्न विज्ञापन नगरेको तथा छनौट सुचि प्रकाशन नगरेको, आफुले तिरेको रकम फिर्ता गर्न तथा क्षतिपुर्ति दिन इन्कार गरेको, म्यानपावर कम्पनीले व्यक्तिगत रुपमा कामदार पठाएको विषय बैदेशिक रोजगारका असुर अन्तर्गत पर्दछन् ।

यस्ता अवस्था भएमा वैदेशिक रोजगार विभागमा आफै वा आफन्त मार्फत उजुरी गर्नु पर्दछ । समस्यामा परेका कामदारलाई कानूनी सल्लाहका अतिरिक्त उनिहरुका मुद्धा÷समस्यामा कानूनी सहयोग आवश्यक पर्न सक्दछ । अड्डा अदालतवाट उपचार प्राप्त गर्न के कस्ता प्रमाण चाहिन्छन भन्ने कुरा मुद्धा अनुसार वेग्ला वेग्लै हुन्छन । यस्तो अवस्थामा कामदार आफैं तथा आफन्त मार्फत बैदेशिक रोजगारमा उजुरी गर्न केहि प्रमाणहरु आवश्यक पर्ने गर्छ । 

उजुरी गर्दा आवश्यक पर्ने कागजात प्रमाणको रुपमा राख्नु पर्छ । 

१) नागरिकता र भिषा लागेको पासपोर्ट

२) रोजगारसंग सम्बन्धित संझौंता पत्र (श्रम संझौंता)

३) श्रम स्विकृती लिदा रकम बुझाएको भर्पाइ

४) जाँदा र आउदाको हवाई टिकट वा बोर्डिङ्ग पास

५) स्वदेसमा र विदेसमा स्वस्थ्य परिक्षण गरिएको कागज

६) रोजगारदाताले काममा लगाएको कागज

७) आफुले तलब वा पारिश्रमिक बुझेको भर्पाई

८) संभव भएसम्म आफुले काम गरेको कम्पनिको हाजीरीको अभिलेख (रेकर्ड) ।

९)  अन्य सम्बन्धित कागज पत्रहरु, …इत्यादी ।

कानूनी सल्लाह प्राप्त गर्ने तरिका 

वैदेशिक रोजगारको क्रममा स्वदेश वा विदेशमा रहेका नेपालीहरुले आफु वैदेशिक रोजगारको कारणवाट पीडीत हुन पुगेमा निशुल्क कानूनी सल्लाहको लागि पिपुल फोरमले सहयोग गर्दै आएको छ । पिपुल फोरमद्वारा संचालित  www.peopleforum.org.np  मा गई तयार गरिएको वक्समा गई त्यहाँ क्लिक गरि आफुलाई परेको कानूनी समस्या स्पष्टसंग लेखी पठाउनु पर्दछ ।

यसरी पठाईएको कानूनी समस्यालाई पिपुल फोरमका कानूनी सहायता प्रदान गरिरहेका अधिवक्ताहरुले लिखित रुपमा नै समाधानका उपायहरु वताउने छन्  । यसरी उपलव्ध गराईएको परामर्स २४ घण्टा भित्रमा पठाउनेको इमेल खोली हेर्न सकिने सुविधा छ । कुनै विषय अति आवश्यक भए उपलब्ध भएको मोवाइलमा एसएमएस समेत गरि कानूनी सल्लाह प्रदान गर्दछ ।

यो सेवा लिन पीडित व्यक्तिले आफ्नो समस्याहरु पिपुल फोरमको ईमेल मार्फत पनि लेखी पठाउन सक्ने व्यवस्था गरिएको छ । यसरी ईमेल मार्फत प्राप्त हुन आएका समस्याहरुलाई ईमेल मार्फत नै परामर्स उपलव्ध गराउनेछ । पिपुल फोरमले परामर्श उपलब्ध गराएका व्यक्तिहरुलाई आवश्यक भएमा निशुल्क कानूनी सहायता समेत उपलब्ध गराउनेछ । निशुल्क कानूनी सहायताका लागि पिपुल फोरमका काठमाण्डौ, झापा, मोरङ्ग, चितवन, वाँके र कास्कीमा रहेका कानूनी सहायता  केन्द्रहरुमा सम्पर्क राख्न सकिने छ ।

क्रस  कानूनी सहायता केन्द्र             सम्पर्क नम्वर
१.  झापा                                                                                                   ०२३–४५६५९८
२.  मोरङ्ग                                                                                                 ०२१–५२१४६९
३.  चितवन                                                                                         ०५६–५२०८७९
४.  वाँके                                                                                                   ०८१–५२०४२६
५.  कास्की                                                                                              ०६१–४६२५५९

                                                             

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन