२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक, के-के सहमति भए ?

२८ असार २०७५, बिहीबार १५:३५

असार २८, दार्चुला | सीमा क्षेत्रमा हुने विभिन्न किसिमका आपराधिक गतिविधिलाई न्यूनीकरण गर्न नेपाल र भारतका सुरक्षा अधिकारी सहमत भएका छन् । 

खलंगामा आज भएको नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा दुई देशका सुरक्षा अधिकारीबीच उक्त विषयमा सहमत भएको बैठकपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो । 

बैठकमा सीमा क्षेत्रमा हुने मानव बेचबिखनका घटनालाई न्य्ूनीकरण गर्ने विषयमा पनि सहमति भएको उहाँले बताउनुभयो । 

विपद्का बेला दुई देशका सुरक्षाकर्मी मिलेर खोज तथा उद्धार गर्ने बारेमा समेत दुबै देशका सुरक्षा अधिकारीबीच सहमति भएको प्रजिअ आचार्यको भनाइ छ । 

दार्चुला जिल्ला त्रिदेशीय रुपले खुल्ला सीमा नाका भएकाले सीमा नाकामा हुन सक्ने अवैध वन्यजन्तुका अंग चोरी तस्करी नियन्त्रण, काठ तस्करी नियन्त्रण, मानव बेचबिखनको न्यूनीकरण गर्ने विषयमा बैठकमा सहमती भएको उहाँले बताउनुभयो । 

त्यस्तै नेपालको बंगाबगड पारी भारतको खोलीलाबाट महाकालीमा खसेको पहिरोलाई तत्काल हटाउने, महाकाली नदीमा बनाइएको झोलुङ्गे पुल खुल्ने र बन्द हुने समयका विषयमा परिस्थितिअनुसार खुलाउने तथा बन्द गर्ने बारेमा सहमति भएको प्रजिअ आचार्यले बताउनुभयो । 

बैठकमा नेपालको तर्फबाट १३ तथा भारतको तर्फबाट ११ वटा एजेण्डा प्रस्तुत भएको थियो । 

नेपालका तर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य र भारतका तर्फवाट सिमावर्ती भारतीय जिल्ला पिथौरागढका अधिकारी सि रविशंकरले नेतृत्व गर्नुभएको थियो । बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको पनि सहभागिता थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव