2026-09-14 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक, के-के सहमति भए ?

असार २८, दार्चुला | सीमा क्षेत्रमा हुने विभिन्न किसिमका आपराधिक गतिविधिलाई न्यूनीकरण गर्न नेपाल र भारतका सुरक्षा अधिकारी सहमत भएका छन् । 

खलंगामा आज भएको नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा दुई देशका सुरक्षा अधिकारीबीच उक्त विषयमा सहमत भएको बैठकपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो । 

बैठकमा सीमा क्षेत्रमा हुने मानव बेचबिखनका घटनालाई न्य्ूनीकरण गर्ने विषयमा पनि सहमति भएको उहाँले बताउनुभयो । 

विपद्का बेला दुई देशका सुरक्षाकर्मी मिलेर खोज तथा उद्धार गर्ने बारेमा समेत दुबै देशका सुरक्षा अधिकारीबीच सहमति भएको प्रजिअ आचार्यको भनाइ छ । 

दार्चुला जिल्ला त्रिदेशीय रुपले खुल्ला सीमा नाका भएकाले सीमा नाकामा हुन सक्ने अवैध वन्यजन्तुका अंग चोरी तस्करी नियन्त्रण, काठ तस्करी नियन्त्रण, मानव बेचबिखनको न्यूनीकरण गर्ने विषयमा बैठकमा सहमती भएको उहाँले बताउनुभयो । 

त्यस्तै नेपालको बंगाबगड पारी भारतको खोलीलाबाट महाकालीमा खसेको पहिरोलाई तत्काल हटाउने, महाकाली नदीमा बनाइएको झोलुङ्गे पुल खुल्ने र बन्द हुने समयका विषयमा परिस्थितिअनुसार खुलाउने तथा बन्द गर्ने बारेमा सहमति भएको प्रजिअ आचार्यले बताउनुभयो । 

बैठकमा नेपालको तर्फबाट १३ तथा भारतको तर्फबाट ११ वटा एजेण्डा प्रस्तुत भएको थियो । 

नेपालका तर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य र भारतका तर्फवाट सिमावर्ती भारतीय जिल्ला पिथौरागढका अधिकारी सि रविशंकरले नेतृत्व गर्नुभएको थियो । बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको पनि सहभागिता थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ