2026-09-14 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा सिमेन्ट उद्योग र स्थानीयवासीबीच विवाद

उमा केसी | असार २९, रोल्पा | त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा सञ्चालित सिमेन्ट उद्योग र स्थानीयबीच विवाद चर्किएको छ । 

उद्योग स्थापना गर्दा आफूहरुसँग गरिएको प्रतिबद्धताअनुसार काम नगरेको जनाउँदै स्थानीयवासीले विरोध गरेपछि विवाद शुरु भएको हो । उद्योग स्थापना गर्दा स्थानीयवासीलाई रोजगारीको अवसर दिने, उद्योगबाट उत्सर्जन हुने धुवाँधुलोको व्यवस्थापन गर्दै पर्यावरणीय सन्तुलन कायम राख्ने, विकासका सबै गतिविधि वातावरणमैत्री बनाउने लगायत विषयमा उद्योगले स्थानीयवासीसँग सम्झौता गरेको थियो । लामो समय बितिसक्दा समेत उद्योगले सम्झौता कार्यान्वयन नगरेपछि स्थानीयवासी आक्रोशित भएको स्थानीयवासी मोहन परियारले बताउनुभयो । 

सम्झौता कार्यान्वयन गर्नाको साटो स्थानीयवासीले पुस्तौंदेखि उपभोग गरिरहेको खानेपानीको मुहानबाट जबर्जस्ती पानी लगेको कारण उनीहरु थप आक्रोशित भएका हुन् । विगतमा गरिएका सम्झौता कार्यान्वयन गर्नाको साटो स्थानीयवासी, स्थानीय सरकार र अन्य सरोकार भएकाहरुसँग समेत उद्योगले दूरी बढाउँदा असहजता बढेको परियारले बताउनुभयो । उद्योगले ज्यालामा समेत विभेद गरेको स्थानीयवासीको आरोप छ । 

सम्झौता कार्यान्वयन नगरिए कारखाना बन्द गराउनेसम्मको तयारीमा स्थानीयवासी रहेको बताइएको छ । उद्योगको कच्चा पदार्थ उत्खननका समयमा बिग्रिएका खानेपानीका मुहानको अझै मर्मत नगरिएको स्थानीयवासी सन्तोष शर्माले बताउनुभयो । सिमेन्ट रोल्पामा उत्पादन भए पनि जिल्ला बाहिर बिक्री हुँदा जिल्लावासीले महँगो ढुवानी खर्च तिरेर बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ । 

उद्योगले स्थानीय सरकारसँग समेत समन्वय नगरी आफूखुशी काम गरिरहेको त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले आरोप लगाउनुभयो । “समन्वयका लागि पटक पटक आग्रह ग¥याँै तर आफुखुशी काम गरिरहेको छ”, ओलीले भन्नुभयो, “गाउँपालिका क्षेत्रबाट दाङतर्फ ढुंगा ढुवानी गरेको पाइएकाले हामीले निकासी कर उठाउँदा उद्योगले अख्तियारमा मुद्दा दायर गरेको छ ।स्थानीयसँग गरेको सम्झौता अविलम्ब कार्यान्वयन गर्नुको विकल्प छैन ।” 

उद्योगले दाङतर्फ ढुवानी भइरहेको ढुंगा रोक्का गरी पाउन गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएकाले आफूले तत्कालका लागि ढुंगा ढुवानी बन्द गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गजबहादुर एमसीले बताउनुभयो । उद्योगको स्थानीय जनता, स्थानीय सरकार, स्थानीय टिपर व्यवसायी र राप्ती माइनिङ कन्ट्रक्सनसँगसमेत विवाद रहेकाले आफूहरुको पहलमा उक्त विवाद मिलाउने प्रयास गरिएको एमसीको भनाइ छ । स्थानीयवासीसँग गरिएका प्रतिबद्धता पूरा गरेर सहज ढंगले काम गर्ने वातावरण मिलाउन एमसीले उद्योगलाई सुझाव दिनुभयो । 

उद्योगले स्थानीय जनतासँग गरेका शर्त पालना नगरेको तथा अन्य सरोकार भएकाहरुसँगसमेत सौहार्दता कायम गर्न नसकेको जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बूढाले बताउनुभयो । उद्योगको गतिविधिप्रति स्थानीय जनता र अन्य सरोकार भएकाहरुसमेत सन्तुष्ट छैनन् । उद्योग, माइनिङ कन्ट्रक्सन र स्थानीय जनतासँग छलफल गरी विवाद हल गर्ने गरी सम्झौता गरिएको बूढाले बताउनुभयो । माथिको पहुँचका आधारमा उद्योगले स्थानीयवासीसँग समन्वय नगरी आफुखुशी काम गर्न खोजेकाले समस्या बढेको हुन सक्ने प्रमुख बूढाको भनाइ छ । 

केही महिना यता मात्रै उद्योग किनेर सञ्चालन गर्न थालेकाले यसपूर्व भएको सम्झौताबारे आफूहरुलाई जानकारी नभएकाले साझा बुझाइमा समस्या आएको उद्योगका प्रशासन तथा अप्रेशन प्रमुख टेकबहादुर गुरुङले प्रतिक्रिया दिनुभयो । उद्योगमा ५० प्रतिशत बढी स्थानीय कर्मचारी रहेको बताउँदै केही विशेषज्ञ जनशक्ति जिल्लामा नपाइने भएकाले बाहिरबाट ल्याउनुपरेको उहाँले बताउनुभयो । स्थानीय जनताका लागि रोजगारीका अवसर सिर्जना गर्ने कुरामा आफूहरु संवेदनशील रहेको गुरुङको भनाइ छ । 

उद्योगबाट निस्कने धुलोधुवाँ कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुराले आफूहरुलाई पनि गम्भीर बनाउने रहेको बताउँदै उहाँले यसको न्यूनीकरणका लागि सामान खरीद गरिन लागेकाले निकट भविष्यमा यो समस्या हल हुनेमा आफूहरु आशावादी रहेको बताउनुभयो । राप्ती माइनिङ कन्ट्रक्सन र सिमेन्ट उद्योगबीच मुख्य विवाद रहे पनि स्थानीय बासिन्दा र स्थानीय सरकारसँग पनि विवाद जोडिनु दुःखद् रहेको गुरुङले बताउनुभयो । बिजुलीको भरपर्दो व्यवस्था नहुनु र कच्ची सडकमा भारी सवारी साधन चलाउन नसक्ने अवस्था रहेका कारण उद्योग सञ्चालनमा आफूहरुले पटक पटक समस्या भोग्दै आएको गुरुङले दुखेसो पोख्नुभयो । 

विसं २०६६ मा स्थापित उद्योगले दैनिक दुई हजार ५०० बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ । सयभन्दा बढी प्राविधिक तथा अन्य कर्मचारी र मजदूरले रोजगारी पाएको उक्त उद्योगबाट उत्पादित सिमेन्ट भने जिल्ला बाहिर जान्छ । निर्माणका लागि गुणस्तरीय मानिने सो सिमेन्ट रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, सुर्खेतलगायत जिल्लामा खपत हुँदै आएको उद्योगले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले