२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बालबालिका विद्यालय बाहिर छैनन्

२९ असार २०७५, शुक्रबार ०४:३३

असार २९, बर्दिया | 'अनिवार्य निःशुल्क आधारभूत शिक्षाको सुनिश्चितता, बरबर्दिया नगरपालिकाको प्रतिबद्धता’ भन्ने नाराका साथ बारबर्दिया नगरपालिकालाई विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर छैनन् भनी घोषणा गरिएको छ । 

संघीय सरकारका शिक्षा, विज्ञान तथा प्र्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नगरपालिकामा विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर छैनन् भनी बिहीबार घोषणा गर्नुभएको नगरपालिका, शिक्षा शाखा प्रमुख टीकानाथ गोसाईंले जानकारी दिनुभयो । 

मन्त्री पोखरेलले मानव सूचांकका आधारमा पछाडि परेका सामुदायिक विद्यालयका सबै बालबालिकाका लागि दिवा खाजाको समेत व्यवस्था भएको बताउनुभयो । 

विद्यालय उमेर समूहका बालबालिका अब विद्यालय बाहिर छैनन् भनी बारबर्दिया नगरपालिकालाई नेपालमा सबैभन्दा पहिले घोषणा गरिएको नगरपालिकाले जिकिर गरेको छ । नगरपालिकाले मन्त्रालयले तोकेको मापदण्ड पूरा गरी सबैभन्दा पहिले घोषणा गरेको नगरप्रमुख दुर्गाबहादुर थारुले बताउनुभयो । मन्त्रालयले नेपालका ७७ वटै जिल्लालाई भदौ ३१ गतेभित्र तोकिएको मापदण्ड पूरा गरी बालबालिकाको आधारभूत शिक्षाको सुनिश्चितता गरेको भनी घोषणा गर्न परिपत्रसमेत गरिसकेको छ । 

मापदण्डअन्तर्गत विद्यालयले भर्ना अभियान गरेको हुनुपर्ने, घरदैलो गरी पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमा भर्ना गरेको हुनुपर्ने, अभिभावक तथा शिक्षकबीच भर्ना अभियानसम्बन्धी अन्तक्र्रिया तथा छलफल गरेको हुनुपर्ने, विद्यालयले आफ्नो कार्य क्षेत्रभित्र विद्यालय उमेर समूहका बालबालिका बाहिर नपरेको घोषणा भएको हुनुपर्ने छन् । 

नगरमा ४३ सामुदायिक विद्यालय र १६ संस्थागत विद्यालय छन् । नगरपालिकाको भर्ना अभियानअन्तर्गत १६ हजार ८० घरधुरीमा सर्भेक्षण गर्दा २८७ बालबालिका विद्यालय बाहिर रहेको पत्ता लागेको थियो । सामुदायिक विद्यालयमा १४ हजार ८०५, संस्थागत विद्यालयमा तीन हजार ८६४ र बालकक्षामा एक हजार ९१९ विद्यार्थी रहेको शिक्षा शाखा प्रमुख गोसार्इँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता