पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>सम्राट सिंह/असार २९, बझाङ | </b>जिल्लाको सुर्मा गाउँपालिका २ पावरहाउस नजिकै काठको पुल तर्ने क्रममा बाउली गाड खोलामा खसेर आज एकको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन ।<br></p><p>मृत्यु हुनेमा सुर्मा गाउँपालिका २ घर भएकी १२ बर्षिया बालिका रिनु बोहरा रहेकी छन भने सोही वडा बस्ने १६ बर्षिय बिमला बोहरा खोलामा खसेर बेपत्ता भएकी प्रहरी नायव निरिक्षक राम सिंह बोहराले बताए । खोलामा खसेर बेपत्ता भएकी बिमलाको पनि खोजी कार्य भइरहेको उनको भनाइ छ । </p><p>बर्खा याममा जिल्लाको सुर्मा गाउँपालिका २ मा पर्ने पावरहाउस नजिकै हालेको काठेपुल बाट खसेर बर्षेनी यात्रुहरुको मृत्यु हुने गरेको स्थानियले बताउने गरेका छन । बर्षेनी पुलबाट खसेर यात्रुहरुको मृत्यु हुने भएकाले सो ठाउँमा झोलुङ्घे पुल निर्माण गर्नुपर्ने अवस्था देखिन्छ । </p>

