2026-09-19 11:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरका बाढीपहिरो पीडितलाई सहयोग गर्न प्रदेश प्रमुखको आग्रह

असार २९, भक्तपुर । प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले भक्तपुरमा आएको बाढी, पहिरो र डुबानले भएको क्षतिबारे जानकारी लिनुभएको छ । 

आज प्रदेश नं ३ का प्रदेश सदस्य डा राजेन्द्रमान श्रेष्ठ र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसँगको भेटमा उहाँले क्षतिको अवस्थाबारे जानकारी लिनुभएको हो । उहाँले मध्यपुर थिमि क्षेत्रमा हनुमन्ते खोलामा आएको बाढीले पु¥याएको क्षति र चाँगुनारायण नगरपालिका क्षेत्रमा पहिरोका कारण मृत्यु भएकाका परिवार एवं त्यहाँको अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । 

उहाँले भक्तपुरमा आएको बाढीपहिरो र डुबानका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारसँग पीडित परिवारलाई आवश्यक सहयोग गर्न आग्रहसमेत गर्नुभयो । उहाँले प्रदेश सरकारलाई क्षतिको विवरण संकलन गरी आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गर्नुभयो । पीडितका लागि पाल, झूल, लत्ताकपडा लगायतका भौतिक सामग्री आवश्यक परे व्यक्तिगत रुपमा आफू सहयोग गर्न तयार रहेको प्रदेश सदस्य डा श्रेष्ठ र नगरप्रमुख श्रेष्ठलाई उहाँले जानकारी गराउनु भएको थियो ।

प्रदेश प्रमुख कोइरालालाई प्रदेश सदस्य डा श्रेष्ठले मध्यपुरथिमि क्षेत्रमा बाढी र डुबानका कारण भएको क्षतिको अवस्थाबारे जानकारी गराउनु भएको थियो । उहाँले बाढी र डुबानका क्षेत्रका बासिन्दाको खाद्यान्न, लत्ताकपडा, विभिन्न सामग्री, पशुपक्षी र घरमा समेत क्षति भएको जानकारी गराउनु भएको थियो । 

नगर प्रमुख श्रेष्ठले यहाँको व्यापार र व्यवसायमा समेत ठूलो क्षति पुगेको बताउँदै व्यापारीले गोदाममा राखेका सामग्रीसमेत नष्ट भएको बताउनुभयो । भक्तपुरमा करोडौँ बराबरको क्षति भएको जानकारी गराउँदै केन्द्रीय तहबाट यस्ता बाढी तथा डुबानलाई रोक्न ठोस नीति लिनुपर्ने जानकारी गराउनु भएको थियो । स्थायीरुपमा यस्ता समस्या समाधान गर्नेबारे सरकारबाट चासो दिन पनि आग्रह गरिएको थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो