Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पुलबाट खसेर बेपत्ता भएकी बालिकाको शव फेला

By kit 2 मिनेट पढाइ

<p><b>सम्राट सिंह/असार ३०, बझाङ&nbsp; |</b> जिल्लाको सुर्मा गाउँपालिका २ पावरहाउस नजिकै काठको पुल तर्ने क्रममा बाउली गाड खोलामा खसेर बेपत्ता भएकी बालिकाको शव शनिबार फेला परेको छ ।&nbsp;<br></p><p>शुक्रबार दिउँसो काठको पुलबाट चिप्लिएर बाउली गाड खोलामा खसेर सुर्मा गाउँपालिका २ घर भएकी १२ बर्षिया बालिका रिनु बोहरा को हिजो नै शव फेला परेको थियो भने खोलामा खसेर बेपत्ता भएकी १६ बर्षिय बिमलाको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका डियसपी क्रृषिराम कडेलले बताए ।&nbsp;</p><p>बर्षेनी पुलबाट खसेर यात्रुहरुको मृत्यु हुने भएकाले सो ठाउँमा झोलुङ्घे पुल निर्माण गर्नुपर्ने अवस्था देखिन्छ । बर्खा याममा जिल्लाको सुर्मा गाउँपालिका २ मा पर्ने पावरहाउस नजिकै हालेको काठेपुल&nbsp; बाट खसेर बर्षेनी यात्रुहरुको मृत्यु हुने गरेको स्थानियले बताउने गरेका छन ।</p>