हवल्दारको लडेर मृत्यु भएको छ । "/>
टेकेन्द्र बोहरा, असार ३१, बझाङ । बझाङमा खेतमा पानी लगाउन गएका नेपाली सेनामा कार्यरत हवल्दारको लडेर मृत्यु भएको छ ।
मष्टा गाउँपालिका–६ घर भएका अमल्दार रामबहादुर बोहराको आफ्नो खेतबारीमा पानी लगाउन जाने क्रममा लडेर आइतबार बिहान मृत्यु भएको प्रहरी कार्यालय बझाङले जनाएको छ ।
मृतक वोहरा सार्दुल गुल्म पानकोट ब्यारेकमा कार्यरत थिए ।