2026-09-14 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

उपभोक्ता हित सम्बन्धी अन्तरक्रिया सम्पन्न

भास्कर के.सी | असार ३२, कञ्चनपुर | उपभोक्ताको हितलाई ध्यानमा राखी जिल्ला प्रशासनको आयोजनमा उपभोक्ता हित सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । 

उपभोक्ताले प्रयोग गर्ने दैनिक वस्तुमा कसरी व्यापारी, ठेकेदारले ठग्ने कार्य गर्दछन् । त्यस प्रकारको ठगी बाट कसरी अफु पनि बच्ने र अरुलाई कसरी बचाउने कार्य गर्न सकिन्छ त्यसको बारेमा प्रशासकीय अधिकृत उदयराज जोशीले बताए । 

त्यसैगरी आव २०७४/२०७५ मा आठ पटक बजार अनुगमन गरेको आफुहरुले अनुगमनको क्रममा म्याद पुगेका समानको विक्री वितरण, मूल्य सूची नराखेको, सरकारी निकायमा दर्ता नगरी सञ्चालन गेरको, विल विजक को प्रयोग नगरेको, सरसफाईमा ध्यान नदिएको जस्ता समस्याहरु अनुगमन टोलीले फेला पारेको थियो । त्यसरी फेला पारेको  समान जफद गरी नष्ट पार्नुको साथै व्यापारीलाई कारवाही गरी अब  उपरान्त देखि नियम अनुरुप चल्ने कागजात गरी छोडेको र ५ जना व्यापारीलाई खाद्य ऐन अनुसार अझै पनि मुद्दा दर्ता गरी छनविनको प्रक्रियामा अगाडि बढेको खाद्द निरीक्षक नारायण सिह रावतले बताउनु भयो । 

स्थानिय तहमा सबै अधिकार गई सकेकोले यस सक्रमणकालिन अवस्थामा केही कारवाईमा फितलो भए पनि आउदा दिनमा स्थानिय तहले खाद्य गुणस्तरको लागि कडा भई प्रस्तुत हुदैं उपभोक्ताको अधिकारबारे सचेत गराउने विचार ब्यक्त गरिएको थियो । 

उक्त कार्यक्रम कंचनपुर प्रमुख जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रजिअ, सुरक्षा निकाय प्रमुख, सरकारी, गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधिका साथै पत्रकार, सरोकारवाला उपभोक्ताहरुको सहभागिता रहेको थियो । विशेषगरी बजार अनुगमन अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ