२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

राससकर्मीसहित पाँच पत्रकार सम्मानित

३२ असार २०७५, सोमबार ०५:५४

असार ३२, बाजुरा | बाजुराको बडीमालिका नगरपालिकाले आइतबार एक कार्यक्रमका बीच रासस बाजुरा समाचारदातासहित पाँच जना पत्रकारलाई सम्मान गरेको छ । 

नगरपालिकाको विकासमा टेवा पुर्याउन सञ्चारमाध्यमबाट योगदान गरेको भन्दै सम्मान गरिएको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताउनुभयो । 

सम्मानित हुने पत्रकारमा राष्ट्रिय समाचार समिति बाजुरा समाचारदाता प्रेम रौले, नागरिक संवाददाता कृष्ण ओली, एभिन्युन टेलिभिजनका लक्ष्मीराज पाध्याय, अन्नपूर्ण पोष्ट समाचारदाता रमित विक र लोकतन्त्र विहानी सप्ताहिकका प्रकाशक प्रशान्तराज जोशी हुनुहुन्छ । उहाँहरूलाई प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

त्यसैगरी जिल्लामा रहेका दुई इलेक्टोनिक सञ्चारमाध्यमलाई पनि सम्मानस्वरुप प्रशंसापत्र प्रदान गरिएको छ । जिल्लामा रहेका रेडियो बाजुरा र रेडियो पौरखीलाई समेत सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत त्रिलोक चन्दले बताउनुभयो । 

आज गरिएको पत्रकार सम्मेलन तथा पत्रकार सम्मान कार्यक्रममा बडीमालिका नगरपालिकाले आव ०७५÷०७६को वार्षिक बजेट विनियोजन गरेको छ । 

सभाबाट पारित बजेटले सडक, खानेपानी, विद्युत्, पर्यटन र कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । नगरपालिकाले रु ३६ करोड २८ लाख ६४ हजार ८३३ विनियोजन गरेको नगर प्रमुख बडुवालले सार्वजनिक गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा