२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

१५ वर्षको उमेरमै क्यान्सरबाट थलिएकी रोल्पाली छोरीलाई सहयोग माग्दै आमा

२०७५, १ श्रावण मंगलवार ०५:५६

गोपाल चन्द | साउन १, काठमाडौँ । हातमा क्यान्सर देखिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार गराइरहेकि एक किशोरीको उपचारको लागि आर्थिक सहयोग जुटाइदिन उनकी आमाले आग्रह गरेकी छन् ।

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा न १ ओबाङका भुपेन्द्र प्रताप घर्तीकी १५ बर्षीय छोरी नारायणी घर्तीको देब्रे हातको पाखुरामा क्यान्सर भएपछि उनि ३ महिना देखि अस्पातालमा भर्ना भएकी छन् । उनको उपचारमा अझै १५ लाख बढी खर्च हुने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।


हाल घर्ती परिवार दाङ घोराही उपमहानगरपालिका वडा न ७ पर्सामा बस्दै आएको छ । सामान्य ज्याला मजदुरी गरेर जीवन गुजारा गरिरहेका उनीहरुलाई छोरीको उपचार गराउन समस्या भैरहेको छ ।

छोरीको उपचार गराईरहेकी आमा भगवती घर्तीले उपचारमा समस्या भएपछि आर्थिक सहयोग गरिदिन आग्रह गरेकी छन् । उनले आफ्नो छोरी १५ बर्षको कलिलो उमेरमै क्यान्सरले थालिएको बताउंदै छोरीको जीवन रक्षाको लागि सहयोगी मनहरु सबैलाई अपिलसमेत गरेकी छन् ।

अहिलेसम्म करिब ९/१० लाख खर्च भैसकेको र उपचारकै क्रममा रहेकाले अझै १५ लाख बढी खर्च हुनसक्ने डाक्टरहरुले बताएपछि थप उपचार गर्न समस्या भएको उनकी आमाले बताईन ।

भावुक हुँदै उनले भनिन- ‘श्रीमान बैदेशिक रोजगारीको लागि टर्की गएको एक महिना भएको थियो, यता छोरीको हातमा क्यान्सर भयो, छोरीको उपचार गर्न लागेको ३ महिना भैसक्यो, अब यति ठुलो रकम कसरी जुटाउने ?

अहिलेसम्म केहि संघ सस्था र सहयोगी मनहरुको सहयोगले उपचार गरेको जानकारी दिँदै उनले भनिन- ‘घरको आर्थिक अवस्था कमजोर रहेको हुँदा थप उपचार गर्न कठिन भइरहेको छ ।’ सबै छोराछोरी सानै भएकाले पढाउनको र परिवारको खर्च जोहो गर्न श्रीमानलाई बैदेशिक रोजगारीमा पठाएको उनले बताईन ।

उनलाई सहयोग गर्न चाहाने सबैले बैंक अफ काठमाडौको ०५१८००००१६४८ भगवती घर्तीको नाममा जम्मा गरिदिन सक्नुहुने छ । अथवा सम्पर्कका लागि ९८४७९०२९६८ नम्बरको मोबाइलमा सम्पर्क गरेर पनि आर्थिक सक्नुहुने छ ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजद्वारा आर्थिक सहायोग हस्तान्तरण

यसैगरी अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका महासचीव लेख प्रसाद रोका आफै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पुगेर रु २०,०००/- नगत सहयोग गरेका हुन् । उनले आफुहरुले संकलन गरेको रकम बुझाउदै नानीको उपचारको लागि सबैलाई आर्थिक सहयोग गरिदिन अपिल समेत गरेका छन् ।


यस आघि पनि अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले बैतडी दोगडा केदार गाउँपालिका ६ सित्तलका करण कटी भुललाई पनि १५ हजार सहयोग गरेको थियो । काठमाडौंस्थित ट्रमा सेन्टर हस्पिटलमा उपचाररत भूलको खुट्टाको गोलिगाँठो मुनिको सबै भाग क्यान्सरका कारण झरिसकेको छ ।

हालै गठन भएको रोल्पालीहरुको साझा संस्था अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा