२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जिल्ला अदालत खोटाङद्धारा ७७ प्रतिशत मुद्दा फछ्र्यौट

१ श्रावण २०७५, मंगलवार ०६:०४

चिसाङ शेर्पा, साउन १, खोटाङ । जिल्ला अदालत खोटाङले ७७.४१ प्रतिशत मुद्दा फछ्र्यौट गरेकोे छ । आर्थिक बर्ष २०७४/०७५ भित्रमा परेका २ सय ७९ थान लगत मुद्दामध्ये २ सय १६ थान मुद्दा फछ्र्यौट गरेकोे हो ।

सोमबार साँझ खोटाङ जिल्ला अदालत दिक्तेलले पत्रकार तथा सञ्चारकर्मीसँग बार्षिक कार्यान्वयन लक्ष्य र प्रगती विवरण सार्वजनिक गर्दै आर्थिक वर्ष २०७३/०७४ मा जिम्मेवारी सरेको १ सय १३ मुद्दा सहित चालु आर्थिक वर्षको १ सय ६६ गरी २ सय ७९ थानमा २ सय १६ फछ्यौट भएको र ६३ थान मुद्दा बाँकी रहेको जिल्ला अदालत खोटाङका श्रेस्तेदार प्रदीपकुमार उपाध्यायले जानकारी दिए ।

अदालतले मुद्दाहरुको प्रकृ ती अनुसार दुनियावदी देवानी मुद्दा ७८ थानमा ४९ थान फछ्र्यौट २९ थान बाँकी, ८९ थान सरकारीवादी फौजदारी मुद्दामा ७४ थान फछ्र्यौट १५ थान बाँकी, १ सय ८ थान दुनियाँवादी फौजदारी मुद्दामा ९२ थान मुद्दा फछ्र्यौट १६ थान बाँकी, रिट निवेदन १ मध्ये एकनै फछ्र्यौट र तीन थान पुनरावेदन मुद्दामा तीनै थान मुद्दा फछ्र्यौट हुन बाँकी छ । 


जिल्ला अदालतका अनुसार थुनिवा मुद्दा ३९ थानमा ३१ थान फछ्र्यौट ८ थान बाँकी छ भने, बाल इजलासबाट हेरिने ४ थान मुद्दा मध्ये ३ थान मुद्दा फछ्र्यौट र १ थान मुद्दा किनारा लाग्न बाँकी रहेको छ । यस्तै, फैसला कार्यान्वयनका निवेदन फछ्र्यौटमा जिम्मेवारी सरेको ५ सहित चालु आर्थिक वर्षको १५ थानसहित २० थान लगत मुद्दामा १४ थान फछ्र्यौट भएका छन् । ६ थान मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ । फैसला कार्यान्वयनतर्फ ७० प्रतिशत मुद्दा फछ्र्यौट गरिएको जिल्ला अदालत खोटाङका न्यायाधीश किशोर घिमिरेले बताए । बाँकी ६ थान मुद्दामा ९ महिना, ६ महिना नाघेको १÷१ थान र ६ महिना भित्रको ४ थान मुद्दा फछ्र्यौट हुन बाँकी रहेको उहाँको भनाई छ । 

अदालतका अनुसार दण्ड जरिवाना असुल तहसिलतर्फ जिम्मेवारी सरेका र भर्खरै समाप्त आर्थिक वर्षमा थपिएका जम्मा लगत ९ सय २८ वर्ष ३ महिना ६ दिनमा १ सय ४३ वर्ष ८ महिना ४ दिन फछ्र्यौट गरिएको छ । ७ सय ८४ वर्ष ७ महिना २ दिन फछ्र्यौट हुन बाँकी रहेको छ । जरिवानातर्फ जिम्मेवारी सरेका र भर्खरै सम्पन्न आर्थिक वर्षको जम्मा लगत मध्ये ९७ लाख ५१ हजार ७३ रुपैंयाँ ६१ पैसामा ६ लाख ७२ हजार ३ सय ३८ रुपैयाँ असुल गरिएको छ । ९० लाख ७८ हजार ७ सय ३५ रुपैंयाँ असुल गर्न बाँकी रहेको जनाईएको छ । 

यस्तै, मेलमिलाप प्रक्रियाको अवलम्वनतर्फ मेलमिलापका प्रक्रियाका लागि पठाईएको संख्या २७, मेलमिलाप सफल संख्या १२, मेलमिलाप असफल भई मुद्दा फिर्ता आएको संख्या १२, हाल छलफलमै रहेको संख्या ३ र सूचिकृत मेलमिलापकर्ताको संख्या १० रहेको छ । जिल्ला अदालतले हालै सम्पन्न आर्थिक वर्षभित्र परामर्श निरन्तर, वैतानिक कानून व्यवसायीबाट कारागार भ्रमण ४८ पटक, योजना कार्यान्वयन सम्बन्धमा सरोकारवालाहरुसँग अन्तक्र्रिया १, योजनाको आन्तरिक प्रगति समीक्षा ३, बार, सरकारी वकील र न्यायाधीशबिच अन्तक्र्रिया ५, जिल्ला न्याय क्षेत्र समन्वय समितिको वैठक ३, जिल्ला बालन्याय समन्वय समितिको बैठक १,  लगत फछ्यौट समितिको बैठक १,  अदालत र स्थानीय तहका वडाध्यक्षहरु बिच अन्तक्र्रिया १, न्यायिक सार्वजनिक संवाद कार्यक्रम ४, मिट द जज कार्यक्रम १२, अर्धन्यायिक निकायहरुको निरीक्षण १, संचारकर्मीहरुसँग अन्तरक्र्रिया २, मेलमिलापकर्ताहरुसँग अन्तक्र्रिया १, अदालत व्यवस्थापन समितिको बैठक १, कर्मचारी बैठक ६ र  भाद्र १ गतेदेखी लागू हुने संहिता सम्बन्धि तालिम १ पटक कार्यक्रमहरु गरेको छ । 

केही नयाँ नीति अनुसार भदौ १ गतेबाट अदालती विवाह जिल्ला अदालतबाट मात्रै दर्ता हुने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयबाट अदालती विवाह दर्ता हुंदै आएको थियो ।

क्याप्सन : सञ्चारकर्मीहरु  बार्षिक कार्यान्वयन योजनाको लक्ष्य र प्रगती विवरण सार्वजनिक गर्नुहुंदै क्रमशः अदालतका श्रेस्तेदार, न्यायाधीश तथा पत्रकारहरु तस्विर, चिसाङ शेर्पा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो