2026-08-25 07:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन

साउन १, धरान । ग्रान्डी अस्पतालमा उपचाररत धरान उपमहानगरपालिका मेयर तारा सुब्बाको निधन भएको छ ।  निमोनियाबाट ग्रसित बनेका सुब्बाको उपचारको क्रममा अस्पतालमा  मंगलबार दिउँसो निधन भएको हो ।

५२ वर्षिय सुब्बा मृगौलाको समस्याबाट समेत पीडित थिए । उनको दुवै मृगौला फेलियर भएपछि प्रत्यारोपण गरिएको थियो ।

सुब्बा दुई सातादेखि उपचाररत थिए । उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो । धरान १७ निवासी सुब्बाका श्रीमती र छोरा छन् । उनी तत्कालिन नेकपा एमालेको तर्फबाट मेयरमा विजयी भएका थिए ।

को हुन् तारा सुब्बा ?

विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका सुब्बा युवा आन्दोलनको नेतृत्व गर्दै अघि बढेका थिए । जनप्रतिनिधिका रुपमा लामो समय काम गरेका उनी तेह्रथुमको खाम्लालुङमा २०२३ साल माघ १८ गते जन्मिएका थिए ।

उनले २०३७ सालमा धरानको शिक्षा निकेतन हाइस्कुलमा भर्ना भएपछि अनेरास्ववियु पाँचौबाट राजनीतिक जीवन सुरु गरे । २०४६ को जनआन्दोलनमा धरानको भानुचोकबाट पक्राउ परी केही दिन प्रहरी हिरासतमा समेत परेका थिए ।

२०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (हालको युवा संघ) सुनसरीको स्थापना गरी दुई कार्यकालसम्म उनले जिल्ला अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए ।

२०५४ को स्थानीय निर्वाचनमा धरान-१७ बाट वडा सदस्यमा निर्वाचित भई उनले जिल्ला विकास समितिमा इलाका नं. २ को सदस्य रहे । यस्तै, एमालेका तर्फबाट धरान उपमहानगरपालिकाको अध्यक्ष समेत उनै हुन् । मेयर ५१ वर्षीय सुब्बा एमाले धरान उपमहानगर कमिटी अध्यक्ष हुन् ।

पार्टीको नगर कमिटि सदस्य उपसचिव, कार्यवाहक सचिव र सचिव हुँदै पार्टीमा बहुपदीय प्रणाली शुरु भएपछि पनि सुब्बा तेस्रो पटक अध्यक्षको जिम्मेवारीमा थिए । यसअघि उनी २०५४ सालको स्थानीय चुनावमा वडा नम्बर १७ मा वडा सदस्यमा चुनिँदै जिल्ला विकास समिति सुनसरीमा इलाका नम्बर २ बाट जिविस सदस्य पनि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग