२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णाली प्रदेशसभामा चार विधेयक प्रमाणीकरण

२०७५, २ श्रावण बुधबार ०५:४०

साउन २, सुर्खेत | गत माघ २१ गते कर्णाली प्रदेशसभाको पहिलो ऐतिहासिक बैठक बसेयता दर्ता भएका १९ विधेयकमा चारवटा विधेयक प्रमाणीकरण भएका छन् । 

प्रदेश प्रमुख दुर्गाकेशर खनालले आर्थिक कार्यविधि विधेयक, २०७४, आव २०७४÷०७५ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश आकस्मिक कोष विधेयक, २०७५ र कर्णाली प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि ऐन, २०७५ प्रमाणीकरण गर्नुभएको छ । 

त्यसैगरी, कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, कर्णाली प्रदेश विनियोजन विधेयक, २०७५, कर्णाली प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापनसम्बन्धी विधेयक, २०७५ र कर्णाली प्रदेश कर तथा गैरकर राजस्वसम्बन्धी विधेयक, २०७५ सभाबाट पारित भई प्रमाणीकरण हुन बाँकी रहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव लक्ष्मण शर्माले जानकारी दिनुभयो । 

त्यस्तै, सभाबाट निर्णय भई छलफलका लागि विषयगत समितिमा पठाइएका विधेयक संख्या तीन, प्रदेश सभामा दर्ता भई टेबल भएका विधेयक संख्या चार र प्रदेशसभामा दर्ता भई टेबुल हुन बाँकी विधेयक संख्या चार रहेको निमित्त सचिव शर्माले बताउनुभयो । 

अब कर्णाली प्रदेशसभाको बैठक यही साउन ११ गते बस्ने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै