२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा तीनदिनदेखि पुरिएको बस अझै निकालिएन

३ श्रावण २०७५, बिहीबार ०५:३६

साउन ३, रोल्पा | रोल्पाको परिवर्तन गाउँपालिका–६ चप्कामा बाटो माथिबाट आएको पहिरोमा पुरिएको यात्रुबाहक बस अझै निकालिएको छैन । 

दाङको घोराहीबाट शहीदमार्ग हँुदै रुकुमको चुनवाङ जाँदै गरेको ना ४ ख ५०६० नम्बरको सो बस तीन दिन अघि सो स्थानमा पुरिएको थियो । 

पहिरो झर्ने क्रम अझै नरोकिएकाले बस पुरिएको स्थानमा एस्काभेटर जान नमानेका कारण बस निकाल्न नसकिएको प्रहरीले बताएको छ । बस पुरिएको स्थानमाथिबाट ठूलो ढिस्को खस्ने सम्भावना रहेकाले एस्काभेटर बस पुरिएको स्थानमा जान मानिरहेका छैनन्, जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले भन्नुभयो । मौसममा सुधार आए वा पहिरो झर्न रोकिने बित्तिकै बस निकालेर अवरुद्ध सडक खुलाउने काम गर्छौं फुयाँलले भन्नुभयो । 

बसमा रहेका यात्रु तथा सामानमा भने कुनै क्षति नभएको बताइएको छ । पहिरो आउनु पूर्व नै यात्रु र सामान निकालिएका कारण भौतिक तथा मानवीय क्षति भएन, प्रहरी नायब उपरीक्षक फुयाँलले भन्नुभयो । पहिरो झर्ने क्रम अझै रोकिएको छैन भने पहिरो बगेर नजिकै रहेको सविता पुनको गोठमा समेत क्षति पुगेको छ, प्रहरी नायब उपरीक्षक फुयाँलले भन्नुभयो । 

सोही पहिरोका कारण सडक अवरुद्ध हँुदा जिल्ला सदरमुकाम लिवाङ, दाङ तथा काठमाडौँबाट उत्तरी रोल्पाको थवाङ, मिरुल, कुरेली, इरिवाङ र रुकुमको चुनवाङतर्फ चल्ने कुनै पनि सवारीसाधन चल्न नसक्दा हजारौँ यात्रु विचल्ली परेका छन् । साउने संक्रान्ति मान्न हिँडेका धेरै यात्रु विचल्ली परेको बताइएको छ । 

केही दिनयता परेको अविरल वर्षात्का कारण जिल्लाका दर्जनौँ भित्री सडकसमेत पहिरो खसेर अवरुद्ध भएका छन् । सदरमुकाम लिवाङबाट ह्वामा, धवाङ, जंकोट, कोर्चवाङ, जेद्वाङतर्फ चल्ने सडक अवरुद्ध भएको जलजला यातायात प्रालिका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिनुभयो । 

पूर्वी रोल्पाका विभिन्न स्थानमा चल्ने सवारीसाधनसमेत अवरुद्ध भएको बताइएको छ । सुलिचौरबाट गाम, फगाम तथा थवाङ जाने सडकसमेत अवरुद्ध भएका कारण यात्रुलाई गन्तव्यमा पु¥याउन समस्या भइरहेको जलजला यातायात व्यवसायी समिति रोल्पाका प्रशासन इञ्चार्ज यज्ञश्वर आचार्यले जानकारी दिनुभयो । 

व्यवस्थित इञ्जिनियरिङ डिजाइन बिना उपभोक्ता समितिले आफूखुशी बनाएका सडकका कारण सामान्य वर्षात् हँुदा पनि बाटो अवरुद्ध हुने गरेको जिल्लावासीले गुनासो गरेका छन् | रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा