२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटका कैदीबन्दी सेवासुविधाबाट वञ्चित

३ श्रावण २०७५, बिहीबार ०५:३९

हेमन्त के सी | साउन  ३, जाजरकोट, | जाजरकोट कारागारका कैदीबन्दीले रासन, सिदा खर्च, लत्ताकपडा भत्ता, औषधोपचार, स्वच्छ खानेपानी, मनोरञ्जनका सामग्री तथा सुविधाबाट वञ्चित भएको बताएका छन्। 

खल्तीमा पैसा नहुँदा उपचार पाउनबाट वञ्चित हुनुपरेको थुनुवा बलबहादुर मल्लले बताउनुभयो। कैदीबन्दीको औषधोपचारमा कारागार शाखाले बेवास्ता गरेको उहाँको आरोप छ। खल्तीमा पैसा हुनेको उपचार हुने तर नहुनेको उपचार नै नहुने गरेको उहाँको भनाइ छ। 

बिरामी कैदीबन्दीले औषधोपचार गरेको बिल पेस गर्दा पनि भुक्तानी नपाएको मल्लको भनाइ छ। “दुई सातासम्म धारोमा पिउने पानी नआउँदा पनि कसैले वास्ता गर्दैनन्,” उहाँले भन्नुभयो, “रासन तथा सिदा खर्च चार÷पाँच महिना बित्दासमेत पाउन सकिएको छैन।” 

लत्ताकपडा भत्ता वर्षमा दुईपटक पाउनुपर्नेमा एकपटक मात्र दिने गरेको र उक्त सुविधा अन्य कारागारको भन्दा निकै कम उपलब्ध हुने गरेको कैदीबन्दीको गुनासो छ। लत्ताकपडा भत्ता अन्य कारागारमा दुई हजारका दरले पाइने भएपनि जाजरकोट कारागारमा रु ७५० मात्र पाइने उनीहरूको गुनासो छ। कारागारका कर्मचारीले कैदी र थुनुवालाई अपहेलना गर्ने गरेको कैदी निमबहादुर सिंहले बताउनुभयो। 

केही कर्मचारीले कैदीबन्दीलाई तल्लो दर्जाको नागरिक सम्झेर अश्लील शब्द प्रयोग गर्ने गरेको उहाँको भनाइ छ। “कारागारमा कसैलाई पनि सम्मानजनक व्यवहार भएको छैन,” उहाँले भन्नुभयो, “सेवासुविधाको अभाव तथा सम्मानपूर्वक व्यवहार नपाउँदा तनावमा बस्न बाध्य छौँ।” कैदीबन्दीलाई तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य चर्को भएको उहाँको गुनासो छ। 

कैदी एक प्याकेट सुर्तीको रु ७० मूल्य तिर्न बाध्य भएको सिंहले जनाउनुभयो। सम्बन्धित प्रशासनलाई रु १० हजार घुस दिएर मात्र चौकीदार तथा नाइके बन्न पाउने प्रचलन रहेको कैदीबन्दीको भनाइ छ। 

प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षकलगायत उच्च तहका कर्मचारी एकपटक पनि कारागारमा नआएको उनीहरू बताउँछन्। जिल्ला प्रशासनलगायत निकायले कैदी बन्दीको समस्याप्रति बेवास्ता गरेको कैदीबन्दीको गुनासो छ। उनीहरूका अनुसार कैदीबन्दीले जायज माग गर्दा पनि सरुवा गरिदिने, कैद सजाय थपिदिने, धम्की आउनेलगायतका समस्या छन्। 

कैदी तथा थुनुवाले अनावश्यक निहुँ खोजेर कारागार प्रशासनलाई समस्यामा पार्ने गरेको जेलर तेजविक्रम शाहले बताउनुभयो । २० जना अटाउने क्षमताको जाजरकोट कारागारमा ५७ जना कैदी तथा थुनुवा कोचाकोच गरेर बस्न बाध्य छन्। कारागारमा कैदीबन्दीका लागि दुई मात्र कोठा छन्। एउटै कोठामा ३० जना कैदी लाइन लागेर सुत्न बाध्य छन्। 

कारागारको निर्माणाधीन भवन सम्पन्न नहुँदा कैदीबन्दीलाई समस्या भएको जेलर शाहले बताउनुभयो । कारागार प्रशासनका अनुसार अहिले ४८ कैदी र एक महिलासहित नौजना थुनुवा छन्। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य