Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

मेलमिलाप पद्धतिमार्फत मुद्दा टुंगोमा

२०७५, ३ श्रावण बिहीबार ०६:१३

साउन ३, पाल्पा | पाल्पा जिल्ला अदालतमा परेका मुद्दा मेलमिलापका पद्धतिमार्फत टुंगो लागेका छन् । 

आर्थिक वर्ष २०७४÷०७५ मा ४२ थान मुद्दा मेलमिलापका पद्धतिमार्फत टुंगो लागेका हुन् । गत आवमा ८३ थान मुद्दा मेलमिलाप केन्द्रमा पठाएकोमा ४२ मुद्दा मेलमिलापमार्फत सफलता पाएको र ३३ थान मुद्दा मेलमिलाप हुन नसक्दा फिर्ता भएको हो । आठवटा मुद्दा मेलमिलापका लागि छलफलको क्रममा रहेका छन् । दुवै पक्षलाई मेलमिलाप पद्धतिबाट विवादको टुंगो लगाउँदा समय, पैसाको बचत हुने गर्दछ । 

जिल्ला न्यायाधीश शंकरराज बरालले पत्रकार सम्मेलनमा जिल्ला अदालत, पाल्पा देशमा नै सबैभन्दा बढी मेलमिलाप पद्धतिबाट मुद्दा टुंगो लगाउन सफल भएको बताउनुभयो । ४२ थान मुद्दामा मेलमिलापबाट सफलता हासिल गर्दा जिल्ला अदालतले ५६ प्रतिशत प्रगति हासिल गरेको छ । 

पाल्पामा ३२ जना मेलमिलापकर्ता केन्द्रमा सूचीकृत रहेका छन् । गत आवमा ३२७ मुद्दा फछ्र्योट हुन सफल हँुदा १०२.८३ प्रतिशत प्रगति हासिल गर्न सफल भएको स्रेस्तेदार सुवर्ण खनालले जानकारी दिनुभयो । 

मेलमिलापका पद्धतिमार्फत टुंगो लागेका मुद्दा दिगो हुने गर्दछन् । जिल्ला अदालतमा आएका सम्बन्धबिच्छेद, झगडा, जग्गालगायतका देवानी प्रकृतिका मुद्दा मेलमिलाप पद्धतिबाट विवादको टुंगो लगाउने काम भएको छ । 

मुद्दा मेलमिलापमार्फत टुंगोमा लागेपछि अदालतलाई न्याय सम्पादनमा सहज भएको छ । मेलमिलापमार्फत विवाद टुंगो लगाउन सक्ने मुद्दामा बहस गर्नुपर्दा अदालतमा न्याय सम्पादनमा कठिनाइ सिर्जना हुँदै आएको अदालतले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश