2026-09-14 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्रदेश नं ७ को असी प्रतिशत मुद्दा फछ्र्यौट

साउन ३, भीमदत्तनगर | प्रदेश नं ७ को उच्च अदालत दीपायल महेन्द्रनगर इजलास र मातहतका जिल्ला अदालतले गत आर्थिक वर्ष २०७४÷०७५ मा ८०.२९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । 

बुधबार कञ्चनपुरको महेन्द्रनगरमा उच्च अदालत दीपायल महेन्द्रनगर इजलासले पत्रकार सम्मेलनको आयोजना गरी मुद्दाको लगत, फछ्र्यौट र बाँकी रहेका मुद्दाहरुका बारेमा जानकारी गराएको हो । 

उच्च अदालत दीपायल महेन्द्रनगर इजलासका न्यायाधीश डिल्लीराज आचार्यले उच्च अदालत दीपायल महेन्द्रनगर इजलासका साथै यहाँका चार वटा जिल्ला अदालतमा गरी गत आवमा कूल एक हजार ७७६ मुद्दा परेको जानकारी दिनुभयो । जसमध्ये एक हजार ४२६ वटा मुद्दा फछ्र्यौट भएको बताइएको छ । 

गत आवमा ३५० मुद्दा बाँकी रहेको उच्च अदालत दीपायल महेन्द्रनगर इजलासको रेकर्डमा उल्लेख गरिएको छ । 

रेकर्डअनुसार उच्च अदालत दीपायल महेन्द्रनगर इजलासमा ५०० मुद्दा परेकोमध्ये ४१९ फछ्र्यौट भएका छन् भने कञ्चनपुर जिल्ला अदालतमा ९६९ मुद्दा परेका थिए । जसमा कञ्चनपुर अदालतले ७६९ मुद्दा फछ्र्यौट गरेको छ । 

त्यसैगरी यहाँको डडेल्धुरामा १०५ मुद्दा गत वर्ष परेका थिए । जसमा ८१ वटा फछ्र्यौट भएका छन् । बैतडी जिल्ला अदालतमा गत वर्ष ९६ र दार्चुला जिल्ला अदालतमा १०६ मुद्दा परेको उच्च अदालत दीपायल महेन्द्रनगर इजलासले जनाएको छ । बैतडीमा परेका मुद्दामध्ये ७७ वटा र दार्चुला जिल्ला अदालतले ८० वटा मुद्दा फछ्र्यौट गरेको छ । 

“तेस्रो पञ्चवर्षीय योजनाअन्तर्गत उच्च अदालत महेन्द्रनगर इजलाससहित सबै जिल्ला अदालतले ६० देखि ७५ प्रतिशत मुद्दा फछ्र्यौट गर्नुपर्ने दायित्व थियो”, न्यायाधीश आचार्यले भन्नुभयो, “दायित्वबमोजिम सबै अदालतबाट काम भएको छ ।” 

त्यसैगरी उच्च अदालत दीपायल महेन्द्रनगर इजलासले गत माघदेखि वाणिज्यसम्बन्धी मुद्दा पनि प्रदेश नं ७ मा उच्च अदालत दीपायल महेन्द्रनगर इजलासले मुद्दा हेर्नुपर्ने जिम्मेवारी आएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ