2026-07-27 12:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा डिएनए परिक्षणले कुमारी आमा फसादमा पर्दै

प्रेम सुनार । साउन–३, गुल्मी ।  गुल्मीमा श्रीमान र सन्तानको नाता प्रमाणित गरी मानो चामल भराई पाउँ भन्दै महिलाबाट परेको थुप्रै मुद्धाहरु मध्ये हालसम्म  ४ जना पुरुषले आफ्नो सन्तान नभएको अस्वीकार गरी डिएनए परिक्षणको माग गरेका छन्  ।

त्यस मध्ये डिएनए परिक्षणले  एक जना पुरुषको मात्रै दावी पुरा भयो । रिर्पोट अरु तिन जना महिलाको पक्षमा आउन सकेन ।  त्यस परिक्षण कै आधार मानेर मुद्धा फैसला हुने हो भने ति कुमारी आमा अपत्र पर्ने देखिएको छ ।

यस जिल्लामा लामो समय देखि कानुन व्यवसायी रहँदै आएका  विष्णुप्रसाद वलाल भन्छन–‘ डिएनए विज्ञावनको कुरा भयो । अदालतले अपराध अनुसन्धानका लागि विशेषज्ञबाट   लिएको   राय हो त्यो ।  

डिएनए विज्ञानको एउटा प्रमाण हुन सक्छ । तर त्यो नै प्रमाण नमान्न सक्छ ।   त्यसको विपक्षीमा फैसला गर्नु परे अरु थुप्रै परिस्थितीजन्य प्रमाणहरु अदालतले जुटाउनु पर्ने हुन्छ । अर्का  अधिवक्ता  गोपाल खनाल  पनि डिएनए नै बलियो प्रमाण हुन नसक्ने गरी सवोच्चबाटै यस्तो नजिर रहन गएको धारणा राख्छन ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाण्डौंमा सम्पर्क राख्द गत श्रावण  महिना देखि  अशाढ मशान्त सम्म देशभर मै २३ वटा डिएनए परिक्षण गरिएको जानकारी दिईयो ।  त्यस प्रयोगशालाका प्रमुख बैज्ञानिक दिनेश कुमार झाले भने–‘ गत आर्थिक वर्षमा २३ वटा परिक्षण भएको मध्ये १२ वटा आमाको  पक्षमा र ११ वटा  पुरुषको पक्षमा  रिर्पोट आएको  छ  । ’

अदालतले विज्ञानलाई नै वलियो प्रमाण ठानेर त्यस्ता मुद्धा फैसल गर्ने हो भने अब  ति ११ वटी महिलाले आफ्ना सन्तानको वावु खोज्न कहाँ जाने ?  त्यस्तै  ति महिलाहरु एक भन्दा बढि पुरुषहरु संग शाररिक सम्पर्क राखेको भन्दै समाजमा उनिहरुको चरित्र हत्या समेत हुने देखिएको छ ।

गुल्मीमा पछिल्लो डिएनए परिक्षणबाट  सन्तान दावी हुन नसकेकी एक महिला भन्छिन–‘ मेरो सन्तानको वावु उ शिवाय अरु कोही होईन , खै कसरी त्यस्तो रिर्पोट आयो मलाई मान्य छैन । ’ उनले आरोप लगाएका ति पुरुष भन्छन डिएनएले मलाई न्याय दियो ।  ति महिलाका सन्तान अहिले १५ वर्षको उमेर सम्म वावुबाट  बेवरिसे  बनेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो