Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बाल क्लबको सक्रियातामा बाल बिबाह रोकियो

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कमल रावल/साउन ३, अछाम | रामारोशन गाउपालिका वडा नम्बर ७ सुतारमा हुन लागेको बाल बिबाह बाल क्लबको सक्रियतामा रोकीएको छ । वडामा हुन लागेको बाल बिबाह वडामा गठीत समाज सुधार बाल संञ्जालको पहलमा रोकिएको हो ।

वडा नम्बर ७ सुतारका १८ बर्षिय भिम भण्डारी र वडा नम्बर ३ शान्तडाका १७ बर्षिय नामसरा साउद बिच हुन लागेको बाल बिबाह रोकीएको हो ।

४ दिन अगाडी दुबैले भागेर विहे गरेपछी क्लबमा जानकारी आउदा वडा सहीत प्रहरी कार्यालयमा उजीर गर्दा ४ दिन पछी बीहे रद्द गरिएको बाल संञ्जालका अध्यक्ष गायत्री भण्डारीले बताउनु भयो । आफ्नो क्लबले वडामा बाल बिबाह बिरुद्धका अभियान चलाईरहदा बाल बिबाह हुन आएकाले उजीर सहीत सबैलाई सहमती गराएर बाल बिबाह रोकेको भण्डारीले बताउनु भयो ।

केटा र केटी सहीत दुबैका अभिभावकको बिचमा शान्तडा प्रहरी कार्यालयमा अब केटाको २२ र केटीको २० बर्ष  उमेर पुगेपछी मात्र सँगै बस्ने सहमती सहीत कागज गराएर बिबाह रोकेको शान्तडा प्रहरी चौकीका प्रमुख नारायण बहादुर चन्दले बताउनु भयो । केटा, केटी सहीत अभिभावक सबै सहमत भएकाले आगामि दिनमा गाउपालिका भित्र जुनसुकै वडामा पनी यस्ता बाल बिबाह भईरहेका छन भने रोक्न प्रतिबद्ध रहेको बताएका थिए ।