2026-10-15 02:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

डा केसी काठमाडौँ जान तयार

साउन ३, सुर्खेत | बिसौँ दिनदेखि जुम्लामा अनशनरत वरिष्ठ चिकित्सक डा गोविन्द केसी काठमाडौँ जान तयार हुनुभएको छ । 

डा केसीले आजै जुम्लामा पत्रकार सम्मेलन गरी आफ्ना समर्थकहरु कुटिएको र प्रतिष्ठानमा ठूलो क्षति पुगेको कारण देखाउँदै काठमाडौँ जाने निर्णय सार्वजनिक गर्नुभएको छ । काठमाडौँ भने सरकारको हेलिकोप्टरमार्फत नजाने र त्यहाँ पुगे पनि सत्याग्रह जारी राख्ने उहाँले जनाउनुभयो । 

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवं सरकारी वार्ता टोलीका संयोजक खगराज बराल नेतृत्वको टोली डा केसीको स्वास्थ्य स्थिति बुझ्न आज बिहान ११ बजे जुम्ला पुगेको थियो । जुम्ला पुगेको संघीय सरकारको वार्ता टोली र कर्णाली प्रदेश सरकारलाई आन्दोलनकारीहरुले असहज अवस्था सृजना गर्दा वार्ता हुन सकेन । 

डा केसीका समर्थक र प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुले मुख्यमन्त्रीसहित सरकारी वार्ता टोलीलाई अवरोध गरी तोडफोड शुरु गरेपछि केही समय जुम्लाको स्थिति असामान्य बन्यो । स्थितिलाई नियन्त्रणमा ल्याउन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । तोडफोडका क्रममा एकजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए