२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा रगतको अभाव

४ श्रावण २०७५, शुक्रबार ०८:०४

साउन ४, दाङ | जिल्लामा रगतको अभाव देखिएको छ । रक्त सञ्चार केन्द्र घोराहीले पछिल्लो दुई महिना जिल्लामा ब्लड डोनेशनका कार्यक्रम नभएका कारण ब्लड बैंकमा रगतको समस्या देखिएको बताएको छ । 

‘‘नियमित ब्लड दिने कार्यक्रम भइरहँदा ब्लडको समस्या देखिदैन,तर पछिल्लो केही महिनायता ब्लड डोनेशनका कार्यक्रम जिल्लामा नहुँदा समस्या देखिएको छ ’’,रक्त सञ्चार केन्द्र घोराहीका इन्चार्ज दिलीप न्यौपानेले भन्नुभयो, “उहाँले ब्लड बैंकमा अहिले अत्यावश्यक ब्लड मात्र रहेको बताउनुभयो ” ‘‘ब्लड बैंकमा अहिले अत्यावश्यक बिरामीको लागि आवश्यक पर्ने विभिन्न गु्रपको ब्लड मात्र रहेको छ”,त्यसैले अहिले हामीले सामान्य बिरामीलाई ब्लड दिन सकेका छौनांै ।” 

पछिल्लो समय मासिक दुई सय बढी प्वाइन्ट जिल्लामा आवश्यक पर्ने गरेको छ । रक्त सञ्चार केन्द्रका अनुसार गत आर्थिक वर्ष जिल्लाका विभिन्न सरकारी तथा निजी अस्पतालमा गरी करीब दुई हजार ५०० प्वाइन्ट ब्लड खपत भएको छ । जसमध्ये करीब दुई हजार एक सय घोराही, दुई सय ५० प्वाइन्ट तुलसीपुर र अन्य ब्लड लमहीलगायतका निजी अस्पतालमा खपत भएको इन्चार्ज न्यौपानेले बताउनुभयो । 

जिल्लामा वर्षेनी ब्लडको माग बढ्दै 

जिल्लामा घोराही र तुलसीपुर गरी दुई स्थानमा ब्लड बैंक नेपाल रेडक्रसले सञ्चालन गर्दै आएको छ । रक्त सञ्चार केन्द्रबाट घोराहीको राप्ती उपक्षेत्रीय अस्पताल, गोर्खा अस्पताल, दिपज्योति अस्पताल, तुलसीपुरमा रहेको राप्ती अञ्चल अस्पताल, लमहीमा रहेको फलोरेन्स अस्पताल लगायतका जिल्ला बाहिर समेत जाने गरेको छ । 

जिल्लामा करीब ७० देखि ८० वटा विभिन्न संघ संस्था र करीब ४० जनाले वार्षिक रुपमा नियमित रुपमा ब्लड दिने गरेका छन् । जिल्लामा एकै समयमा धेरै ब्लड आउने तर केही महिनादेखि ब्लड डोनेशनका कार्यक्रम नहँुदा ब्लड बैंकमा प्रत्येक वर्ष अभाव देखिने गरेको न्यौपानेले बताउनुभयो । 

रक्त सञ्चार केन्द्रमा ब्लड नपाइने गरेपछि बिरामीका आफन्त तथा सहयोगीले सामाजिक सञ्जालको समेत सहायता लिने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की