2026-09-15 08:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

रातभरको बर्षाले राक्सेका १२ घर जोखिममा, २ घर विस्थापित

कमल पौडेल | साउन ५, बागलुङ | गएराति परेको अविरल वर्षा र माथि वाट आएको खोल्साको भल तथा त्यसले कटान गरेको क्षेत्रले बडिगाड गाउँपालिका वडा नं. २ राक्से तथा काँडेरुखका १२ घर जोखिममा परेका छन् भने २ घर परिवार विस्थापित भएको छ । काँडेरुखकि सिता वन र राक्सेका अम्मर वहादुर वि.क.को परिवार विस्थापित भएको हो । 

त्यस्तै ढालेन्द्र वन, गोविन्द अधिकारी, दुर्गा अर्याल, प्रेम थापा, जुना विक, विर वहादुर घर्ति, युवनाथ घिमिरे, तेज वहादुर थापा, गोकुल गिरि र रगुनन्द गिरि को घर जोखिममा परेको हो। रिठे खोला, ओदर्दि खोला र राक्से खोला मा एकैचोटी भल आउँला सो क्षति भएको हो। त्यस्तै सो खोलामा आएको भल र पहिरोले मध्यपहाडि लोकमार्ग रातभर अवरुद्ध भएको थियो भने विहान वडा नं. २ का अध्यक्ष हिमा खरेल, खर्वाङ प्रहरी तथा स्थानियको सहयोगमा डोजर लगाएर लोकमार्ग खुलाइएको छ । जोखिम युक्त वस्तिको भल तर्काउन जेसिविको प्रयोग गरेर कोषिश गरिने वडा अध्यक्ष खरेलले जानकारी दिनुभएको छ ।

 

त्यस्तै सोहि भलले रिठेखोला तथा ओदर्दि खानेपानी पूर्ण रुपमा अवरुद्ध भएको छ। खानेपानी अवरुद्ध हुँदा स्थानिय २५ घर परिवार खानेपानीवाट वन्चित भएका छन् । रातभर स्थानिय जाग्राम वसेर भल तर्काउँदै जोगाएका केहि घर फेरी पानी पर्यो भने के होला भन्ने चिन्तामा स्थानियहरु रहेका छन् । विस्थापित परिवार छिमेकिकोमा सरण लिएर वसिरहेका छन् । ज्याङ्ना सक्न्यार, दगा हुँदै म्याग्दी जोड्ने भनिएको सडक, जिमि दगा सडक तथा सक्न्यार दनिया रिङरोड खन्दा खोल्सामा जम्मा भएको माटो, ढुंगा सहित भल खस्दा सो क्षति भएको हो ।

जिल्लाको पूर्वि दक्षिण तथा पश्चिम क्षेत्रमा निरन्तर वर्षा भएपनि मध्य भागमा खासै पानी परेको थिएन। गय राति केहिवेर परेको पानीले समेत क्षती पुगेपछि स्थानिय झनै त्रसित भएका छन्। निरन्तर वर्षा भइरह्यो भने थप जोखिम वढ्ने निश्चीत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ