२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

रातभरको बर्षाले राक्सेका १२ घर जोखिममा, २ घर विस्थापित

५ श्रावण २०७५, शनिबार ०३:४७

कमल पौडेल | साउन ५, बागलुङ | गएराति परेको अविरल वर्षा र माथि वाट आएको खोल्साको भल तथा त्यसले कटान गरेको क्षेत्रले बडिगाड गाउँपालिका वडा नं. २ राक्से तथा काँडेरुखका १२ घर जोखिममा परेका छन् भने २ घर परिवार विस्थापित भएको छ । काँडेरुखकि सिता वन र राक्सेका अम्मर वहादुर वि.क.को परिवार विस्थापित भएको हो । 

त्यस्तै ढालेन्द्र वन, गोविन्द अधिकारी, दुर्गा अर्याल, प्रेम थापा, जुना विक, विर वहादुर घर्ति, युवनाथ घिमिरे, तेज वहादुर थापा, गोकुल गिरि र रगुनन्द गिरि को घर जोखिममा परेको हो। रिठे खोला, ओदर्दि खोला र राक्से खोला मा एकैचोटी भल आउँला सो क्षति भएको हो। त्यस्तै सो खोलामा आएको भल र पहिरोले मध्यपहाडि लोकमार्ग रातभर अवरुद्ध भएको थियो भने विहान वडा नं. २ का अध्यक्ष हिमा खरेल, खर्वाङ प्रहरी तथा स्थानियको सहयोगमा डोजर लगाएर लोकमार्ग खुलाइएको छ । जोखिम युक्त वस्तिको भल तर्काउन जेसिविको प्रयोग गरेर कोषिश गरिने वडा अध्यक्ष खरेलले जानकारी दिनुभएको छ ।

 

त्यस्तै सोहि भलले रिठेखोला तथा ओदर्दि खानेपानी पूर्ण रुपमा अवरुद्ध भएको छ। खानेपानी अवरुद्ध हुँदा स्थानिय २५ घर परिवार खानेपानीवाट वन्चित भएका छन् । रातभर स्थानिय जाग्राम वसेर भल तर्काउँदै जोगाएका केहि घर फेरी पानी पर्यो भने के होला भन्ने चिन्तामा स्थानियहरु रहेका छन् । विस्थापित परिवार छिमेकिकोमा सरण लिएर वसिरहेका छन् । ज्याङ्ना सक्न्यार, दगा हुँदै म्याग्दी जोड्ने भनिएको सडक, जिमि दगा सडक तथा सक्न्यार दनिया रिङरोड खन्दा खोल्सामा जम्मा भएको माटो, ढुंगा सहित भल खस्दा सो क्षति भएको हो ।

जिल्लाको पूर्वि दक्षिण तथा पश्चिम क्षेत्रमा निरन्तर वर्षा भएपनि मध्य भागमा खासै पानी परेको थिएन। गय राति केहिवेर परेको पानीले समेत क्षती पुगेपछि स्थानिय झनै त्रसित भएका छन्। निरन्तर वर्षा भइरह्यो भने थप जोखिम वढ्ने निश्चीत देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै