Skip to content
Friday, July 17, 2026 Nepali Online Media

केन्यामा २१ नेपालीको युवतीको उद्धार, नर्तकी खोज्न केन्याली नागरिक काठमाडौंमा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ५, काठमाडौं – मानव तस्करले अफ्रिकी मुलुक केन्या पुर्‍याएका २१ नेपाली युवतीलाई स्थानीय प्रहरीले बिहीबार राति क्लबबाट उद्धार गरेको छ । उनीहरुलाई  वेस्टल्यान्ड क्षेत्रका दुई रात्रिकालीन क्लबबाट उद्वार गरेको हो । आजको कान्तिपुरको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।

केन्यास्थित मानव वेचबिखन प्रतिरोध तथा बाल रक्षा एकाई र अपराध एकाईको संयुक्त टोलीले मोगोसियो सडकमा छापा मारी नेपाली युवतीलाई मुक्त गरेको थियो ।

‘प्रहरीले नियमित छापा गर्ने क्रममा नेपाली युवतीलाई उद्वार गरेको हो’, केन्यास्थित अवैतानिक नेपाली दूत जिम्मी अस्कारले भने,‘ केन्यास्थित अवैतनिक नेपाली दूत जिम्मी अस्कारले भने ।

अपराध एकाईका अनुसार मुख्य अभियुक्त समेत पक्राउ परेका छन् । ‘२१ नेपाली युवतीलाई मानवतस्करले केन्या ल्याएका हुन् । प्रहरीको ट्वीटर ह्याण्डलमा उल्लेख छ, ‘उनीहरुलाई क्लबमा गैरकानुनी ढंगले काममा लगाइएको थियो ।’

प्रक्राउ गगरिएका तीन अभियुक्तलाई मानव तस्करीबिरुद्ध कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

डान्सबारमा नर्तकी र यौनकर्म गर्ने युवतीको खोजी गर्दै केन्याली नागरिक काठमाडौं आउने गरेका छन् ।