२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मनकारी वडाध्यक्षः वर्ष दिनको तलब ज्येष्ठ नागरिकलाई

२०७५, ५ श्रावण शनिबार ०७:३४

शेरबहादुर सिंह | भीमदत्तनगर, ५ साउन | भीमदत्त नगरपालिका–१ का १०५ वर्षिया झुसीदेवी विष्ट शनिबार बिहान वडा कार्यालयमा नातिनीको सहारामा पुग्नुभयो । 


अघिल्लो दिन वडा कार्यालयले गाउँभरिका ज्येष्ट नागरिक (७० वर्ष पुगेका) एकल महिला, दृष्टिबिहीन र अपांगता भएका व्यक्तिलाई वडा अध्यक्ष आसेफ कँुवर (भुन्टु) ले आफूले पाएको तलब दिने तयारी गरेका थिए । 

सोही अनुसार वडा कार्यालयबाट अध्यक्ष कुँवरले स्थानीय तहमा निर्वाचित भएपछि पाएको वर्ष दिनको तलब गाउँमै वितरण गरेका छन् । ‘मैले निर्वाचनमा मत माग्दै गर्दादेखि निर्वाचन जितिसकेपछि पनि पाँच वर्षसम्म सरकारी सुविधा नलिने बचन दिएकै थिएँ ।’ नेपाली काँग्रेसबाट निर्वाचित अध्यक्ष कुँवरले भन्नुभयो–“यो जनताकै करबाट पाएको तलब जनताकै हातमा सहयोगस्वरुप दिएको हुँ ।” 

ज्येष्ठ नागरिक समक्ष कार्यकालभरिको रकम आफू समाजमै परोपकारी काममा दिने पनि उहाँले बताउनुभयो ।” 

प्रतिव्यक्ति रु एक हजार पाँच सयका दरले १६३ जनालाई रकम वितरण गरिएको छ । “यहाँ आउन नसेका वृद्ध÷वद्धालाई घरमै गएर पनि रकम दिन्छु,” अध्यक्ष कुँवरले भन्नुभयो– ‘म तलब खान होइन, जनताको सेवा गर्न आएको हुँ ।’ 

तलब वापत पाएको रु दुई लाख ६२ हजार वडा कार्यालयका पदाधिकारीको सहयोगमा उहाँले आफै वितरण गर्नुभएको थियो । 

वडा अध्यक्ष कुँवरले जनप्रतिनिधिले स्थानीय तहबाट तलब सुविधा लिनु अशोभनिय हुने तर्क गर्नुभयो । “हामी लोकसेवा पास गरेर तलब खान स्थानीय तहमा आएका होइनौं,” अध्यक्ष कुवरले भन्नुभयो– “पाँच वर्षसम्म सुविधा नलिएर वडाको विकासदेखि जनताको हितका लागि काम गर्छु ।” 

वडाध्यक्षको मासिक तलब रु २२ हजार छ । ‘यहाँका ज्येष्ठ नागरिक मेरा अभिभावक हुन,” उहाँले भन्नुभयो–“उहाँहरुकै आर्शीवादले म राजनीतिमा अघि बढ्नेछु ।” 

वडा अध्यक्षले रकम वितरण गरेपछि स्थानीय ज्येष्ठ नागरिकमा खुशीयाली छाएको छ । उहाँहरुले अध्यक्ष कँुवरलाई जयजयकार गर्दै आर्शीवाद समेत दिएका छन् । तीन दशकदेखि गाउँमा बस्दै आउनु भएका ८६ वर्षीय लालबहादुर कुँवरले पहिलो पटक गाउँमा तलब रकम बाँडेको देखेको बताउनुभयो । 

‘प्रधानपञ्चदेखि गाविस अध्यक्षसम्म हामीले चुन्यौं,’ उहाँले भन्नुभयो–“तर यति मनकारी प्रतिनिधि पहिलो पटक पाएका हौं ।” 

एक सय पाँच वर्षीय झुसिदेवी विष्टले भन्नुभयो–“अध्यक्षले राम्रो काम गरे, जुगौंजुग बाँचिरहुन ।” पालैपालो रकम वितरण गर्दा अध्यक्षलाई अंगालो हार्दै कतिपय वृद्धाले खुशीका आँशु समेत झार्नुभयो । 

त्यसैगरी स्थानीय ७७ वर्षीय रामबहादुर विष्टले मनकारी अध्यक्ष पाएकोमा खुशीयाली समेत साटासाट गरेँ । अध्यक्ष कुँवरले तलब रकम वडामै वितरण गर्नुभएको सम्भवतः प्रदेश नं. ७ मा नै यो पहिलो घटना हो । 

स्थानीय प्रतिनिधि आएसँगै गाउँमा सडक, खानेपानी, विद्युत्, नदी नियन्त्रणका लागि तटबन्ध लगायत क्षेत्रको विकास समेत भएको स्थानीयवासीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय