२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा पिकअप जीप र मोटरसाइकल एकापसमा ठोक्किदा एकको मृत्यु

२०७५, ६ श्रावण आईतवार ०३:३३

साउन ६, पाल्पा | पाल्पाको तानसेन नगरपालिका–८, डुम्रेचोकमा पिकअप जीप र मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकल पछाडि बसेका एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पाल्पा जिल्ला तानसेन नगरपालिका–१४, अर्गेलीका २३ वर्षीय कृष्ण पुन रहेका छन् । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ च ४०८० नंको पिकअप जीप र विपरीत दिशाबाट जाँदै गरेको लु २९ प ७०२१ नंको मोटरसाइकल एकापसमा ठोक्किदा दुर्घटना भएको हो । 

शनिबार साँझ भएको दुर्घटनामा परी मोटरसाइकल चालक तानसेन अर्गलीका २७ वर्षीय विनोद थापाको घाइते भएका छन् र मोटरसाइकल पछाडि सवार पुनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाषतर्फ लैजाँदा बाटोमा नै मृत्यु भएको हो । 

मोटरसाइकल चालक २७ वर्षीय विनोद थापाको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको प्रभाष प्रहरी चौकीले जनाएको छ । दुवै सवारीसाधन तथा जीप चालक प्रहरीको नियन्त्रणमा रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय