२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टर्कीमा झन्डै १००० नेपालीद्वारा हुलदंगा ! नेपालदेखि टर्कीसम्म दु:ख दिएको भन्दै आक्रोश (भिडियो)

२०७५, ६ श्रावण आईतवार ०९:५०

साउन ६, काठमाडौँ | रोजगारीको शिलशिलामा बिभिन्न म्यानपावर कम्पनी मार्फत टर्कीको इस्तानबुल कम्पनी पुगेर त्यहाँ कार्यरत झन्डै १ हजार नेपालीद्वारा शुक्रबार राति हुलदंगा गर्दै गरेको भिडियो साझा सबाललाई प्राप्त भएको छ | 

आफुले कमाएको तलब नेपाल पठाउन खोज्दा त्यस कम्पनीमा नेपाली कामदारहरुको सुपरभाइजरको जिम्मेवारी पाएका प्रकाश परियारले पासपोर्ट नदिएको बिरोधमा नेपाली कामदारहरुले बिरोध गरेका हुन् |

परियारले आफैले नेपाल पैसा पठाई फाइदा उठाउनको लागि पासपोर्ट नदिएको त्यहाँ कार्यरत नेपालीहरुले आरोप लगाएका छन् |

माथिको तश्विरमा: मुख्य आरोपी प्रकाश परियार | 

एक जना नेपालीले भने 'प्रकाश यहाँ नेपालीहरुको 'डन' जस्तै हो | उसले जे भन्यो मान्नुपर्छ नत्र हामीलाई गाह्रो पर्छ |' ति कामदारले आफ्नो नाम गोप्य राख्न आग्रह गर्दै भने 'नेपालमा हाम्रो अन्तर्वार्ता लिनेदेखि कामदार छान्नेसम्मको काममा उसैको हात छ | अझ कतिलाई त फेल गराउंदै २५ हजार अशुलेर आफैले पास गराएको थियो | नेपालबाट टर्की आउँदा बिभिन्न म्यानपावरमा ३ लाख ५० हजारसम्म अशुली भएकोमा प्रकाशले आफ्नो मान्छेहरुलाई डेढ लाखसम्म लिएको रहेछ | त्यसमा पनि यहाँ आएर पनि त्यो दलालले हामीलाई लुट्न छाडेको छैन, कमाएको तलबमा समेत र्याल काढेको छ |' 

नेपालीहरुको अनुसार प्रकाशले मासिक ६ देखि ७ करोड हुण्डी मार्फत पठाउने योजना सहित नेपालीहरुको पासपोर्ट नदिएर हिरण गुरुङ, लिल खड्का, दिलिप खड्का लगायतको सहयोगमा त्यहाँ कार्यरत नेपालीहरुको तलब उठाउन थालेका छन् |  

सक्कली पासपोर्ट बिना बैंकले पैसा पठाउन नदिने भएकाले आफ्नो तलब हाल्न पासपोर्ट माग्दा नदिएपछी त्यहाँ स्थित कामदारहरुले बिरोध गर्दै शुक्रबार राति करिव साढे ९ बजे केहि बेर बिरोध गरेका थिए | आफुले कमाएको पैसा आफ्नै इच्छाले नेपाल पठाउन नपाउने हौँ ? भन्दै नेपालीहरुले बिरोध गरेका हुन् | प्रकासमार्फत पैसा पठाउंदा १० दिनसम्म लाग्ने गरेको र कसैको पैसा म्यानपावर मार्फत त कसैको हुण्डीवालाहरुले बैंक मार्फत हालिदिने गरेको त्यहाँबाट अघिल्लो महिना पैसा पठाएका नेपालीहरुले बताएका छन् |

टर्कीबाट नेपालमा हुण्डी कारोवार गरि पैसा कमाउने दाउमा प्रकासले सोहि कम्पनीमा काम गर्ने केहिलाई हात लिएर पैसा कलेक्सन गर्ने जिम्मा दिएका छन् | यस अघि पनि सोहि कम्पनीबाट केहि पिडितहरुले आफ्नो पैसा उठाएर करोडौं रकम हुण्डी गरिरहेको बारे जानकारी गराएका थिए |

नेपालीहरुका अनुसार मासिक ६/७ करोड बराबरको रकम एकमुष्ट उठाई हुण्डी मार्फत नेपाल पठाउदा ठूलो रकम फाइदा आउने देखेपछी आरोपीहरुले पासपोर्ट समेत नदिएका हुन् | त्यसमा पनि पिडित कामदारहरुको प्रति कामदार मासिक २०० का दरले ३ महिनासम्म ६०० डलर (नेपाली ६० हजार भन्दा बढी) काटेर राखिएको बुझिएको छ, उक्त रकम किन काटिएको भन्ने बारे कामदारहरुनै अनविज्ञ छन् | रकम काट्नुमा पनि प्रकाशकै हात हुन सक्ने एक नेपालीले बताए | त्यस्तै टर्कीमा खुलेयाम हिड्नको लागि कम्पनीले कार्ड समेत नदिएको नेपालीहरुले बताए | एक नेपालीले भने 'फोटोकपि दिएको छ | जसले कम्पनीबाहिर कतै जान्छु भन्दा जान पाउने स्थिति छैन | यसले हामीलाई कम्पनीसँग मिलेर ट्रयापमा पार्दै पैसा कमाउने ठूलो योजना रचेको छ |'

टर्की पुगेपछि प्रत्यक नेपालीको भिडियो बनाईन्छ

प्रकाशले बिभिन्न म्यानपावरको चक्कर काट्दै टर्की पुगे लगत्तै नेपालीहरुलाई आफ्नो कोठामा लगि भिडियो बनाउने गरेका छन् | भिडियोमा कुन म्यानपावरलाई कति तिरेर आएको भन्दै प्रश्न गर्छन् | जुन भिडियो उनले म्यानपावरसँग आफ्नो कमिसनको प्रमाणको लागि गर्ने गरेको त्यहाँस्थित नेपालीहरुले बताएका छन् | एक नेपालीले भने 'भिडियो बनाउनुपर्ने कुनै आवश्यकता छैन तर उसले कोठामा लगेर कुन म्यानपावर वा ट्रेनिङ सेन्टरलाई कति तिरेर आएको भन्दै भिडियो रेकर्ड राखेको छ, जसलाई उसले म्यानपावर तथा ट्रेनीङ सेन्टरबाट कमिसनको लागि लिएको हुन सक्छ |' अर्का एक नेपालीका अनुसार म्यानपावरहरुले अनिवार्य ट्रेनिङ गर्न भनेकोले चर्को मूल्य तिरेर विदेश जानु अघि म्यानपावरले भनेकै ठाउँ काठमाडौँको बालाजु, माछापोखरी स्थित निखिल मल्टी सर्भिस प्रा.लिबाट ट्रेनिङ गरें तर यहाँ आएर मैले तालिम लिएको काम पाएको छैन | क्लिनरमा काम पाईएको छ | जुन मैले सिकेको तालिमसँग मिल्दैन | ट्रेनिङ त पैसा लुट्ने बहाना मात्र रहेछ |' 

अहिले त्यहाँ कार्यरत नेपालीहरु यस कारण पनि आक्रोशित छन् कि नेपालमा बिभिन्न तरिकाले लुटिएर टर्कीसम्म आएका हामीलाई यहाँ आएर पनि तिनैले लुट्ने कोशिस गर्दैछन् | नेपालमा डिमाण्ड लानेदेखि त्यहि कम्पनीमा रहेर नेपालीहरुको रेखदेख गर्न जिम्मा पाएका उदयपुर फत्तेपुर घर भएका प्रकाशनै उक्त कम्पनीमा सुपर भाईजर भएपछी हामी अझै लुटिन विवश हुने भयौं | 

आफै अन्तर्वार्ता लिने, फेल बनाउने र पास गराउन २५ हजार माग्ने !

ठगीको रुप पनि कस्तो-कस्तो ? टर्कीको उक्त कम्पनीमा कामदार छनोटको चरणमा प्रकाश परियार नेपालमा अन्तर्वार्ता लिन आएका थिए | तर प्रकाशले एजेन्टहरुसँग मिलेर फेल भएका व्यक्तिसँग २५ हजार भन्दा बढी रकम अशुल्दै आफैले पास गराएका थिए | त्यस्तै अनिवार्य तालिम लिन फलानो ठाउँमा जानैपर्ने भन्दै कार्ड दिंदै १ हप्ता तालिम लिएको ५ हजारभन्दा बढी अशुली गरिएको थियो | 

भिडियो हेर्नुहोस् 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण