2026-07-06 09:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सानातिना समस्या सहजै हल हुन्छन्ः प्रधानमन्त्री ओली

साउन ७ , काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आउने सानातिना समस्या सहजै हल हुने बताउनुभएको छ । 

छिन्नलता गीत पुरस्कार गुठीले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले आफूलाई देश बनाउने जिम्मेवारी दिएकाले त्यसलाई इमान्दारिताका साथ पूरा गर्ने बताउनुभयो । “म कुनै पनि काम पर्दा पछाडि गर्दिन”–प्रधानमन्त्री ओलीले भन्नुभयो, “भ्रष्टाचार गर्दिन । कसैलाई गर्न पनि दिन्न र सबै काम पारदर्शी ढंगले गर्छु ।” 

‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य जसरी पनि हासिल गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले नेपाली कला र साहित्यको विकासमा सरकार र आफ्नो व्यक्तिगत तर्फबाट सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

वरिष्ठ गीतकार रमोला देवी शाह छिन्नलताको ९६ औँ जन्मजयन्तीको अवसरमा आयोजित उक्त समारोहमा छिन्नलता गीत पुरस्कार गुठीले छिन्नलता गीत पुरस्कार–२०७४ बाट गीत रचनातर्फ ज्ञानेन्द्र गदाल तथा संगीत रचनातर्फ वसन्त क्षेत्रीलाई सम्मानित गरेको छ । सो पुरस्कारको राशि जनही रु ५० हजार तथा सम्मानपत्र रहेको छ । 

त्यस्तै गायिका संगीता प्रधान राणालाई पनि सो पुरस्कारबाट सम्मान गरियो । सो पुरस्कारको राशि ५० हजार तथा सम्मानपत्र रहेको छ । 

त्यस्तै राजनराज शिवाकोटी र मेलिना चाम्लिंग राईलाई प्रतीभा पुरस्कार प्रदान गरियो । संयुक्त रुपमा प्रदान गरिएको सो पुरस्कारको राशि क्रमशः रु ३५ हजार तथा सम्मानपत्र रहेको छ । 

त्यस्तै शान्ति ठताल तथा शिवशंकर थापालाई जनही रु ५० हजार राशिको विशेष सम्मान गरियो । 

पुरस्कृत व्यक्तित्वको तर्फबाट गीतकार ज्ञानेन्द्र गदालले गीत संगीतको विकास नभई नेपालको आर्थिक विकास नहुने भएकाले कला, संस्कृति तथा गीतको समग्र विकासका लागि सरकारको ध्यान जानुपर्ने बताउनुभयो । 

राष्ट्रियसभाका सदस्य कोमल ओली, गुठीका संरक्षक ज्योति राज्यलक्ष्मी शाह सिंहले स्व रमोलादेवी शाह छिन्नलताले गीत संगीतको क्षेत्रमा दिनुभएको अतुलनीय योगदान बिर्सन नसकिने बताउनुभयो । गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीले समारोहको सभापतित्व गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने