2026-09-04 03:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार विभागमा ४ महानिर्देशक फेरिए तरपनि विवरण अद्यावधिक भएन

मनोज पराजुली। साउन ८, काठमाडौं । बैदेशिक रोजगारीको लागि कुन देश जाँदा कति लागत लाग्छ भन्ने जानकारी सबैले थाहा पाउनुपर्ने हो । यो सूचना सार्वजनिक जानकारीको लागि प्रकाशन तथा प्रसारण गर्नुपर्ने हुन्छ। तर यस्तो आम चासो र सरोकारको जानकारी पनि नियामक निकायलाई नै थाहा छैन। आफ्नो कार्य क्षेत्र भित्रका सूचना रेकर्ड नराख्ने त्यस्ता निकायले आम सर्वसाधारणलाई कसरी सेवा दिएका होलान प्रश्न चिन्ह उब्जिएको छ ? सन्दर्भ हो, बैदेशिक रोजगारीको 

सरकारले १ सय १० देश रोजगारीको लागि खुला गरेपनि हाल इराक र अफगानिस्तान बाहेक १ सय ८ देशमा नेपालीहरु बैदेशिक रोजगारीमा जान पाउने व्यवस्था छ । नेपालमा प्रयाप्त रोजगारीको अवसर नभएर विदेश जानु नेपालीको बाध्यता हो । सरकारले विदेश जाँदा कुन देश जाँदा कति लाग्छ भन्ने शुल्क निर्णय गरेको हुन्छ। तर त्यस्ता सूचना सम्बन्धित निकायले रेकर्डमा नराख्दा आम नेपालीहरु सूचना लिनबाट वन्चित भएका छन् नै संगै म्यानपावर र एजेन्टका कारण ठगिन बाध्य भएका छन्। यस्तो सूचना सार्वजनिक गर्नुपर्ने निकाय बैदेशिक रोजगार विभागमै यसबारे कुनै रेकर्ड नै छैन।  यस्ता निर्णय पटक पटक भएका हुन्छन् हामीले एकमुष्ट रेकर्ड राख्न सकेका छैनौ भन्दै विभागका कर्मचारीहरु पन्छिने गरेका छन् ।

देशगत लागत खर्च विवरण सार्वजनिक गर्न साझा सबाल मिडियाले पटक पटक ध्यानाकर्षण गर्दा समेत चासो देखाएका छैनन् । साझा सबाल मिडियाले यसबारे विगत डेड वर्ष देखि विवरण अध्यावधिक गर्नको लागि विभागलाई अनुरोध गरेको थियो सो पश्चात विवरण वेबसाइट मै अध्यावधिक गराउने वाचा गरेका थिए तर दुर्भाग्य बैदेशिक रोजगार विभागमा ४ जना महानिर्देशक फेरिंदा सम्म सूचना सार्वजनिक जानकारीमा लैजाने बारे ध्यान नै दिएका छैनन् । विभागका तत्कालीन महानिर्देशकहरु विश्वराज पाण्डे, राजकुमार श्रेष्ठ, भुवन आचार्य  र हालका महानिर्देशक दिलिप कुमार चापागाई समेत यस्ता कुरामा चासो देखाएका छैनन् यधपी विभागका नव नियुक्त महानिर्देशक चापागाईलाई साझा सवालले ध्यानाकर्षण गर्दा त्यस्ता विवरण सार्वजनिक गराउने आस्वासन दिएका छन् ।

बैदेशिक रोजगारीमा कामदार ठगीमा नपरुन भनेर प्रचार प्रसार गर्ने बैदेशिक रोजगार प्रवद्वन वोर्डले समेत लागत खर्चबारे विवरण राखेको पाइएको छैन । वोर्डको वेव साइडमा जम्मा १२ वटा देशमा जान लाग्ने लागत खर्चबारे मात्र उल्लेख छ।  यसबारे साझा सवालले वोर्डकी सूचना अधिकारी पवित्रा घिमिरे खनाललाई प्रश्न गर्दा यसबारे आफुलाई जानकारी नभएको बताईन। यसबारे निर्णय गर्ने श्रम मन्त्रालयलाई नै थाहा होला हामीले त सुझाव मात्रै दिने हो उनले भनिन् “यो विवरण वोर्डको दावित्व अन्तर्गत पर्ने या नपर्ने बारे पनि मलाई थाहा छैन बुझेर खबर गरौंला।”  हाल बैदेशिक रोजगार विभाग र प्रवद्वन वोर्डको वेबसाइडमा राखिएको सार्वजनिक जानकारी शिर्षकमा देशगत लागत खर्चबारे यो विवरण उल्लेख छ ।

यसबारे थप जानकारी लिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायका प्रवत्ता प्रकाश दाहालसंग पटक पटक टेलिफोन गर्दा समेत सम्पर्क हुन् सकेन। श्रम मन्त्रालय मातहत बैदेशिक रोजगार विभाग जसले बैदेशिक रोजगारीका समस्या र गुनासो सुन्ने गर्छ। बैदेशिक रोजगार प्रवद्दन वोर्डले बैदेशिक रोजगारीको लागि आवश्यक जानकारी उपलब्ध गराउने प्रमुख दायित्व लिन्छ । यस्ता जिम्मेवार निकायका कर्मचारीलाई आफ्नो कार्यक्षेत्र भित्रका सूचना राख्नको लागि पनि श्रममन्त्री गोकर्ण विष्टले सिकाई दिनुपर्ने हो र ? 

यो पनि पढ्नुहोस 

बैदेशिक रोजगारमा हुने ठगिको सुरुवात बिभागबाटै (बिशेष खोज)

अस्त व्यस्त बैदेशिक रोजगार, के-के छन् समस्या ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ