2026-07-25 03:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पर्यटनमा विश्व लोभ्याउने प्रदेश बनाइन्छ: मुख्यमन्त्री शाही

साउन १०, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटनमा कर्णालीलाई विश्व लोभ्याउने आर्कषक प्रदेश बनाइने बताउनुभएको छ । 

नेपाल पर्यटन पत्रकार संघ, कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित “कर्णालीको पर्यटन प्रवद्र्धनमा हाम्रो अभियान र प्रदेश सरकारको दायित्व” विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले विश्वको नेपाल र नेपालको कर्णालीलाई पर्यटनको गन्तव्य बनाउन दिगो सोचका साथ लागिएको बताउनुभयो । मुख्यमन्त्री शाहीले भन्नुभयो, “हामी कहाँ ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा छन्, बरु तिनको प्रचार हुन सकिरहेको छैन ।” 

अर्थतन्त्रको बलियो आधार पर्यटन भएको बताउँदै उहाँले भन्नुभयो, “कर्णालीलाई हाइड्रो र कृषि पर्यटनका रुपमा पनि विकास गर्न सकिन्छ, यसका लागि लगानी र इच्छा शक्तिको आवश्यक छ ।”  

नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा (ऋतुविचार) ले राज्यको पर्यटन नीतिलाई आवश्यक सहयोग गर्दै विट पत्रकारिताको शुरुआत र त्यस विधामा विज्ञता हासिल गर्ने उद्देश्य लिएर संघ अघि बढेको बताउनुभयो ।  

कर्णालीको पर्यटनमा खोजरत युवा हरिहर न्यौपानेले कर्णालीको विद्यमान पर्यटन अवस्था, पर्यटकीय साइट, देखिएका समस्या, प्रदेश सरकारले लिएको नीति र गरिरहेको अभ्यास, यसको आगामी विकासबारे तयार पारिएको कार्यपत्र प्रस्तुत गर्नुभयो । न्यौपानेद्वारा प्रस्तुत कार्यपत्रमा कर्णाली प्रदेशका १० जिल्लाका प्राकृतिक, ऐतिहासिक, धार्मिक÷सांस्कृतिक गरी तीन वर्गमा पर्यटकीय क्षेत्रको तथ्यांक उल्लेख गरिएको छ । 

नेपाल पर्यटन पत्रकार संघ कर्णाली प्रदेश समितिका अध्यक्ष अशोककुमार सिंहले पर्यटन क्षेत्रको विकासका लागि संघले प्रदेश सरकारको साझेदारको भूमिका निर्वाह गर्ने बताउनुभएको थियो । 

उक्त कार्यक्रमका सहभागीले कर्णाली कृषि, खेल, स्वास्थ्य, जल, साहसिकलगायतको विभिन्न मनोरञ्जनात्मक पर्यटन प्रवद्र्धनको भूमिका पर्यटन पत्रकार संघलाई खेल्न र त्यसको पूर्वाधार विकास गर्न प्रदेश सरकार जतिसक्दो चाँडो लाग्नुपर्ने सुझाव दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ